निशान म्याग्नाइट अव रेड एडिसनमा, १० दिनपछि लन्च गरिँदै
निशान मोटर्स इण्डियाले आज म्याग्नाइट एसयुभीले १ लाख युनिट वुकिङ पुरा...
काठमाडौं – निसानको बहुप्रतीक्षित इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा आउने पक्का भएको छ । गत वर्ष नै नेपाली बजारमा उपलब्ध हुने घोषणा गरे पनि बजेटमार्फत गरिएको कर वृद्धिका कारण यो कार नेपालमा उपलब्ध हुन सकेको थिएन ।
हाल बजेटमा गरिएको करको पुनरावलोकनका कारण यो कार नेपाल आउने पक्का भएको हो । त्यसैगरी अब निषेधाज्ञा पनि केही खुकुलो हुने भएसँगै यो कार नेपाल आउने छ ।
निसान नेपालको फेसबुक पेजमा पनि यस सम्बन्धी टिजर सार्वजनिक गरिएको छ, जसमा ‘निसा लिफ–सिम्प्ली अमेजिङ, कमिङ सुन’ लेखिएको छ ।
नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पका अनुसार निसान लिफ ४० किलोवाट ब्याट्री र ११० किलोवाटको मोटरका साथ उपलब्ध हुनेछ। निसान लिफलाई फुल चार्ज गर्न होम चार्जिङमा १८ घण्टा र फास्ट चार्जिङमा ७ घण्टा ३० मिनेट लाग्ने बताइएको छ ।
सिंगल चार्जमा ४ सय किलोमिटर गुड्ने निसान लिफ विश्वकै सबैभन्दा सुरक्षित इलेक्ट्रिक कार पनि मानिन्छ ।
निषेधाज्ञा खुलेको केही समय पश्चात यो कारको मूल्य र फिचरको वारेमा विस्तृत विवरण सार्वजनिक हुने कम्पनीको भनाइ छ ।
निशान मोटर्स इण्डियाले आज म्याग्नाइट एसयुभीले १ लाख युनिट वुकिङ पुरा...
जापनिज अटो निर्माता निशानाले नयाँ इलेक्ट्रिक क्रसओभर आरियालाई सार्बजनिक...
जापानी कार निर्माता कम्पनी निसानले नयाँ निसान किक्स सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...