वुलिङ एयर ईभी किन्दा ६० किमी रेन्ज दिने इलेक्ट्रिक साइकल उपहार
काठमाडौं – वुलिङ एयर इलेक्ट्रिक कार खरिद गर्ने ग्राहकले ६० किलोमिटर रेन्ज...
काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले पनि ईभी पारखीमाझ लोकप्रिय वनिरहेको छ । १३ वर्षको यो अवधीमा विश्वभर १० लाख बढी लीफ बिक्री भएबाट पनि यो इलेक्ट्रिक कारमा ग्राहकको क्रेज कस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ । दुई वर्षअघि नेपाल आएको यो इलेक्ट्रिक कारले नेपाली ईभी पारखीबाट समेत राम्रै प्रतिक्रिया पाइरहेको छ ।
ईभीको भिडमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल यो कारलाई नेपाली बजारमा पायोनियर मोटोकर्पले आयत गरी कारोवार गर्दै आएको छ । कम्पनीले हालै सम्पन्न नाडा अटो शोमा लीफको सेकेन्ड जेनेरेशनलाई प्रदर्शनीमा राखेको थियो । सो नयाँ कारमा ग्राहकले निकै राम्रो प्रतिक्रिया समेत ब्याक्त गरेका थिए । नेपाली बजारमा यसको मूल्य ६५ लाखदेशी सूरु हुने कम्पनीले जनाएको छ ।
लीफ सेकेन्ड जेनेरेशनमा ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३१० किलोमिटर रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ । अल–इलेक्ट्रिक ई–पावरट्रेनले चल्ने यो ईभीको पिक पावर ११० किलोवाट र टर्क ३२० एनएम छ । यसलाई १४० किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ ।
लीफमा पाइने ई–पेडलले चालकलाई एक्सेलेटरमा लगाईएको दबाब बढाएर वा घटाएर केवल एउटा पेडल प्रयोग गरी गाडी स्टार्ट गर्न, गति बढाउन, घटाउन र रोक्न सहज बनाउँदछ । जब एक्सेलेटर पूर्ण रूपमा रिलिज हुन्छ, रिजेनेरेटिभ ब्रेक र फ्रिक्सन ब्रेकले स्वचालित रूपमा कारलाई रोक्दछ । यसो हुँदा खुट्टा एक पेडलबाट अर्कोमा सार्ने आवश्यकता कम भई ड्राइभिङ सरल र थप सुविधाजनक हुन्छ । यो विशेषता शहर ट्राफिकको लागि निकै उपयुक्त छ ।
यसमा इन्टिलिजेन्ट ड्राइभिङ असिस्टेन्स जस्ता फिचरहरु पाउन सकिन्छ । जसले चालकहरूलाई ड्राइभिङ गर्दा थप आत्मविश्वास प्रदान गर्दछ । यी सुविधाहरूमा इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट अराउन्ड भ्यू मनिटर, हाई बीम असिस्ट र हिल स्टार्ट असिस्ट समावेश छन् ।
यसमा पाइने इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, इन्टेलिजेन्ट ड्राइभर अलर्टनेस, रियर क्रस ट्राफिक अलर्ट ब्लाइन्ड स्पट वार्निङ लेन डिपार्चर वार्निङ, इन्टेलिजेन्ट लेन इन्भेन्शन र इन्टेलिजेन्ट ट्रेस कन्ट्रोल जस्ता विशेषताले चालक र यात्रु दुवैको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्दछ ।
निसान लिफमा डुअल–टोन बडी र यसको प्रतिष्ठित फ्लोटिङ रुफ सहितको आकर्षक डिजाइन छ । इभि ब्लु एक्सेन्ट र भी–मोसन ग्रिलले गाडीलाई आकर्षक देखाउन मद्धत गरेको छ । साथै, भित्र इन्टेरियरमा पाँच जनाको लागि पुग्ने फराकिलो सिट रहेको छ ।
काठमाडौं – वुलिङ एयर इलेक्ट्रिक कार खरिद गर्ने ग्राहकले ६० किलोमिटर रेन्ज...
काठमाडौं– चेरी अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड जेको नेपाल आउने भएको छ ।...
एमजी मोटर इन्डियाले गत वर्ष फेस्टिभ सिजनमा आफ्नो मिड साइज एसयूभी एस्टर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...