निसान म्याग्नाइट फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३४ लाख ७५ हजार
अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, अझ ‘बोल्डर’ डिजाइन र प्रिमियम...
निसान गाडीको आधिकारिक बितरक पायोनियर मोटोकर्पले दशैं/तिहार लक्षित फेस्टिभ ड्राइभ अफर अन्तर्गत विभिन्न सुविधा उपलब्ध गराएको छ । यस अन्तर्गत निसानको कम्प्याक्ट एसयूभी किक्स खरिद गर्दा ग्राहकले ३ लाख ५२ हजार २ सय ७१ रुपैयाँ बराबरको अतिरिक्त फाइदा लिन सक्नेछन् । जसमध्ये २ लाख ५० हजार रुपैयाँ नगद छुट हो भने बाँकी रकम इन्स्योरेन्स, रोड ट्याक्स र फ्रि सर्भिसिङ बापतको हो ।
यो सिजनमा किक्स एसयूभी खरिद गर्दा एक बर्षसम्मको इन्स्योरेन्स र रोड ट्याक्स कम्पनी आफैले भुक्तानी गरिदिनेछ भने ३ बर्षसम्म निःशुल्क सर्भिसिङ समेत उपलब्ध गराउने बताइएको छ । निसानको चर्चित यो एसयूभीमा कम्पनीले ३ बर्षको वारेन्टी सेवा उपलब्ध गराउँदै आएको छ ।
निसान किक्स विभिन्न ८ भेरिएन्टमा नेपाली बजारमा उपलब्ध छ । यी मध्ये सबैभन्दा कम मूल्यको भेरिएन्ट एक्सएलको मूल्य ४८ लाख ९९ हजार र सबैभन्दा महंगो एक्सभी प्रिमियम सीभीटी टर्बोको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ छ । नेपाली बजारमा उपलब्ध निसान किक्सको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
निसान किक्स किन्न चाहने ग्राहकका लागि फेस्टिभ ड्राइभ अफर अन्तर्गत यसको सबैभन्दा कम मूल्यको भेरिएन्ट एक्सएलमा २ लाख रुपैयाँ छुट उपलब्ध छ । ४८ लाख ९९ हजार रुपैयाँ मध्ये सीधै २ लाख रुपैयाँ छुट हुँदा यसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ कायम हुन आउछ ।
व्यक्तिका लागि बैंकहरुले ५० प्रतिशत सम्म र कम्पनीका लागि ७० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउने गरेका छन् । यसले गर्दा कुनै व्यक्तिले यो गाडी किन्न चाहेमा ५० प्रतिशत मात्र नगद रकम उपलब्ध गराउँदा बाँकी ५० प्रतिशत रकम बैंकले उपलब्ध गराउन सक्छन् ।
कुनै व्यक्तिले निसान किक्स किन्न चाहेमा ५० प्रतिशत अर्थात २३ लाख ४९ हजार ५ सय रुपैयाँ मात्र जम्मा गरे पुग्छ भने बाँकी रकम बैंकहरुले उपलब्ध गराउँछन् ।
बैंकहरुले हाल ७.५ देखि ८.५ प्रतिशत सम्मको ब्याजदरमा यस्तो अटो लोन उपलब्ध गराइरहेका छन् । अटोमोबाइल क्षेत्रमा हाल एनएमबी बैंकले उपलब्ध गराइरहेको ५ वर्ष सम्म नबढ्ने गरी निश्चित गरिएको ८.४९ प्रतिशत ब्याजदरको स्किम लोकप्रिय छ । ५ वर्ष सम्म ब्याज नबढ्ने चाहना गर्नेहरुले यस्तै स्किम उपयोग गर्न सकिन्छ ।
यो वाहेक बजारमा ७ वर्ष सम्मका लागि समेत स्किम भएका अन्य अटो लोन प्रशस्तै पाइन्छन् । यद्यपि यसको ब्याजदर घटबढ भइरहन सक्छ ।
बाँकी ५० प्रतिशत रकम यसरी बैंकमार्फत अटो लोनको रुपमा लिदा मासिक रुपमा ३४ हजार रुपैयाँको हाराहारीमा रकम बुझाउनु पर्ने हुन्छ ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, अझ ‘बोल्डर’ डिजाइन र प्रिमियम...
काठमाडौं – नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको...
नेपाली बजारमा पछिल्लो समयमा लोकप्रिय मोडलको रुपमा चर्चामा रहेको निसान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...