अक्टोबर ४ मा लन्च हुँदै निसान म्याग्नाइट फेसलिफ्ट
निसानले भारतीय बजारमा इन्ट्री लेभल एसयूभी सेगमेन्टमा म्याग्नाइटको...
निसान गाडीको आधिकारिक बितरक पायोनियर मोटोकर्पले दशैं/तिहार लक्षित फेस्टिभ ड्राइभ अफर अन्तर्गत विभिन्न सुविधा उपलब्ध गराएको छ । यस अन्तर्गत निसानको कम्प्याक्ट एसयूभी किक्स खरिद गर्दा ग्राहकले ३ लाख ५२ हजार २ सय ७१ रुपैयाँ बराबरको अतिरिक्त फाइदा लिन सक्नेछन् । जसमध्ये २ लाख ५० हजार रुपैयाँ नगद छुट हो भने बाँकी रकम इन्स्योरेन्स, रोड ट्याक्स र फ्रि सर्भिसिङ बापतको हो ।
यो सिजनमा किक्स एसयूभी खरिद गर्दा एक बर्षसम्मको इन्स्योरेन्स र रोड ट्याक्स कम्पनी आफैले भुक्तानी गरिदिनेछ भने ३ बर्षसम्म निःशुल्क सर्भिसिङ समेत उपलब्ध गराउने बताइएको छ । निसानको चर्चित यो एसयूभीमा कम्पनीले ३ बर्षको वारेन्टी सेवा उपलब्ध गराउँदै आएको छ ।
निसान किक्स विभिन्न ८ भेरिएन्टमा नेपाली बजारमा उपलब्ध छ । यी मध्ये सबैभन्दा कम मूल्यको भेरिएन्ट एक्सएलको मूल्य ४८ लाख ९९ हजार र सबैभन्दा महंगो एक्सभी प्रिमियम सीभीटी टर्बोको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ छ । नेपाली बजारमा उपलब्ध निसान किक्सको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
निसान किक्स किन्न चाहने ग्राहकका लागि फेस्टिभ ड्राइभ अफर अन्तर्गत यसको सबैभन्दा कम मूल्यको भेरिएन्ट एक्सएलमा २ लाख रुपैयाँ छुट उपलब्ध छ । ४८ लाख ९९ हजार रुपैयाँ मध्ये सीधै २ लाख रुपैयाँ छुट हुँदा यसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ कायम हुन आउछ ।
व्यक्तिका लागि बैंकहरुले ५० प्रतिशत सम्म र कम्पनीका लागि ७० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउने गरेका छन् । यसले गर्दा कुनै व्यक्तिले यो गाडी किन्न चाहेमा ५० प्रतिशत मात्र नगद रकम उपलब्ध गराउँदा बाँकी ५० प्रतिशत रकम बैंकले उपलब्ध गराउन सक्छन् ।
कुनै व्यक्तिले निसान किक्स किन्न चाहेमा ५० प्रतिशत अर्थात २३ लाख ४९ हजार ५ सय रुपैयाँ मात्र जम्मा गरे पुग्छ भने बाँकी रकम बैंकहरुले उपलब्ध गराउँछन् ।
बैंकहरुले हाल ७.५ देखि ८.५ प्रतिशत सम्मको ब्याजदरमा यस्तो अटो लोन उपलब्ध गराइरहेका छन् । अटोमोबाइल क्षेत्रमा हाल एनएमबी बैंकले उपलब्ध गराइरहेको ५ वर्ष सम्म नबढ्ने गरी निश्चित गरिएको ८.४९ प्रतिशत ब्याजदरको स्किम लोकप्रिय छ । ५ वर्ष सम्म ब्याज नबढ्ने चाहना गर्नेहरुले यस्तै स्किम उपयोग गर्न सकिन्छ ।
यो वाहेक बजारमा ७ वर्ष सम्मका लागि समेत स्किम भएका अन्य अटो लोन प्रशस्तै पाइन्छन् । यद्यपि यसको ब्याजदर घटबढ भइरहन सक्छ ।
बाँकी ५० प्रतिशत रकम यसरी बैंकमार्फत अटो लोनको रुपमा लिदा मासिक रुपमा ३४ हजार रुपैयाँको हाराहारीमा रकम बुझाउनु पर्ने हुन्छ ।
निसानले भारतीय बजारमा इन्ट्री लेभल एसयूभी सेगमेन्टमा म्याग्नाइटको...
निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले दशैं तिहार...
काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...