निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

काठमाडौं – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसान म्यागनाइट, निसान किक्स, निसान नभारा, निसान लिफ र निसान एक्स–ट्रेल लगायतका सबै निसान गाडीहरुमा लागु हुनेछ ।

नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको कम्पनीको भनाइ छ । यो योजना चाडपर्वको अवधिभर लागू हुनेछ ।

‘निसान फेस्टिभ डिल’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउने छन्, जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा, निःशुल्क ३ बर्षको सडक कर, निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टी र १५ लाख रुपैयाँ सम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ ।

निसान म्यागनाइट – एक बिग, बोल्ड, ब्युटिफुल र ’कारिजम्याटिक’ एसयूभी नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशत सम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिने छ ।

त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयूभी हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र उच्चस्तरको प्रविधिको साथ पारिवारिक एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ ।

पायोनियर मोटोकर्पले सम्पूर्ण ग्राहकहरूलाई नजिकको निसान शोरुमा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरूको मज्जा लिन आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

१ करोड ८७ लाखमा लन्च भयो निसानको नयाँ एक्स–ट्रेल ‘ई–पावर’

१ करोड ८७ लाखमा लन्च भयो निसानको नयाँ एक्स–ट्रेल ‘ई–पावर’

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

निसानको नयाँ इलेक्ट्रिक एसयूभी एनएक्स८ लन्च, ३० मिनेटमै ८ हजारभन्दा बढी अर्डर

निसानको नयाँ इलेक्ट्रिक एसयूभी एनएक्स८ लन्च, ३० मिनेटमै ८ हजारभन्दा बढी अर्डर

निसानले चीनमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी निसान एनएक्स८ लन्च गरेको छ ।...

जापानको दोस्रो ठूलो अटो उत्पादक निसान : यी हुन् जान्नै पर्ने तथ्यहरु

जापानको दोस्रो ठूलो अटो उत्पादक निसान : यी हुन् जान्नै पर्ने तथ्यहरु

जापनिज अटोमोबाइल ब्रान्ड निसान निकै पुरानो विरासत वोकेको कम्पनी हो । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...