ब्याट्री स्वापिङ प्रविधिसहित नेपाल भित्रिँदै नियो, पारामाउन्ट मोटर्स बन्यो आधिकारिक बिक्रेता

चिनियाँ ईभी निर्माता नियो ब्याट्री स्वापिङ प्रविधिसहित नेपाल आउने भएको छ । नियोले आफ्ना ईभी बिक्री गर्न पारामाउन्ट मोटर्सलाई आधिकारिक वितरक बनाएसंगै सो नयाँ ब्रान्ड नेपाल आउने पक्कापक्कि भएको हो ।

चिनियाँ ईभी ब्रान्ड एकपछि अर्को भित्रिने क्रममा नियोलाई समेत निकै चासोका साथ हेरिँदै आएको थियो । सो नयाँ ब्रान्डलाई नेपाल ल्याउन आधा दर्जन बढी व्यावसायिक घरना जोडतोडले लाग्दै आएपनि अन्ततः एमजी गाडी बिक्री गर्दे आएको पारामाउन्ट मोटर्सले नियो नेपाल ल्याउने रेस जित्न सफल भएको हो ।

चिनमा सबैभन्दा पहिले ब्याट्री स्वापिङ प्रविधि विकास गरेको नियो विशेषतः स्मार्ट र प्रिमियम गुुणस्तरका ईभी उत्पादनका कारण चर्चामा छ । यस कम्पनीसंग नियोसहित अन्भो र फायरफ्लाई ब्रान्ड पनि छन् । जसमध्ये फायरफ्लाईले चीन बाहिर बिक्री गर्नेगरी साना ईभी उत्पादन गर्दै आएको छ । जसअनुसार सम्भबतः फायरफ्लाई नै नेपाल आउने पहिलो नियो ब्रान्ड हुनेछ ।

चीनमा मात्रै १ हजार ३०० भन्दा बढी ब्याट्री स्वापिङ सेन्टर स्थापना गरेको नियोले आफ्ना ईभीमा अटोमेटिङ ड्राइभिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स र उच्च विशेषतायुक्त कनेक्टिभिटी फिचर दिँदै आएको छ ।

कम्पनीले ल्याएको नियो ईएस८, नियो ईएस६, नियो ईटी५ र नियो ईएल७ जस्ता मोडलले विश्व बजारमा निकै राम्रो चर्चा पाएको छ । यस ब्रान्डलाई चीनमा टेस्ला, बीवाईडी, जिकर, एलआई अटो, एक्सपेङ र लुसिड लगायत अन्य थुप्रै प्रिमियम ब्रान्डका प्रतिस्पर्धीका रुपमा हेर्ने गरिन्छ ।

सम्बन्धित समाचारहरू

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटोमोबाइल उद्योगको शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुले...

नेपालका लागि प्रस्थान ग-यो लिप मोटरको लक्जरी इलेक्ट्रिक एसयभी सी१०

नेपालका लागि प्रस्थान ग-यो लिप मोटरको लक्जरी इलेक्ट्रिक एसयभी सी१०

काठमाडौं – लिप मोटरले आफ्नो लक्जरी इलेक्ट्रिक एसयभी सी१० को ढुवानी एकै पटक...

लुयान स्कुटरले ल्यायो दशैं तिहार तथा छठ धमाका अफर

लुयान स्कुटरले ल्यायो दशैं तिहार तथा छठ धमाका अफर

काठमाडौं– लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक ‘जिरो इमिसन राइड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...