ब्याट्री आयातमा नयाँ कार्यविधिः सफा टेम्पु र विद्युतीय ब्याट्रीमा भन्सार तथा कर छुटको तयारी, दुरुपयोग रोक्न कडा कार्यविधि
काठमाडौँ – सफा टेम्पु तथा अन्य विद्युतीय सवारी साधनलाई थप प्रवद्र्धन...
काठमाडौं– न्यू इनर्जी भेइकल (एनइभी ) निर्माता लिपमोटरले हालसम्म कुल ९ लाख सवारीसाधन वितरण पार गरेको घोषणा गरेको छ । कम्पनीको यस उपलब्धीले विश्वव्यापी इलेक्ट्रिक कार बजारमा तीव्र उन्नतिको मुख्य उपलब्धि साबित गरेको छ ।
यस वर्षको पहिलो छ महिनामा अभूतपूर्व प्रदर्शन देखाएको लिपमोटरले घरेलु तथा अन्तर्राष्ट्रिय बजार आफ्नो उपस्थिती मजवुत बनाउँदै गएको छ । यसै वर्ष, लिपमोटरले ‘फोच्र्युन चाइना ५००’ सूचीमा आफ्नो पहिलो उपस्थिति पनि सुनिश्चित गरेको छ ।
नवीनता, पहुँचयोग्यता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको बढ्दो प्रतिष्ठा यस उपलब्धिद्वारा पुष्टि गरेको कम्पनीको भनाई छ । कम्पनीले स्तेलान्टिससँगको रणनीतिक साझेदारीमार्फत आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरेको हो ।
जसअन्तर्गत लिपमोटर इन्टरनेसनल नामक संयुक्त उद्यम स्थापना गरिएको छ , जसले अन्तर्राष्ट्रिय बिक्री र वितरण व्यवस्थापनको जिम्मेवारी लिनेछ । लिपमोटरले युरोप, मध्यपूर्व र अफ्रिका तथा एशिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार गरिसकेको छ ।
विश्वभरमा ६०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू स्थापना गरेर, कम्पनीले नयाँ उदीयमान विद्युतीय सवारीसाधन (एनईभी) ब्रान्डहरूबीच विदेशी विस्तारको गति र परिमाणमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
नेपालमा, लिपमोटरले आकर्षक डिजाइन, आधुनिक सुविधा र किफायती मूल्य मार्फत ग्राहकहरूको ध्यान आकर्षित गर्दै आएको छ । कम्पनीले हाल सी१०, बी१० र टी०३ मार्फत नेपाली उपभोक्ताको विश्वास जितिरहेको छ ।
लिपमोटरका उत्पादनलाई नेपाली बजारमा गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले आयात गरी बिक्री गर्दै आएको छ । यो कम्पनी पुजो र सिट्रोनजस्ता विश्व विख्यात ब्रान्डको समेत आधिकारिक वितरक हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...