बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले विद्युतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल बोलपत्र आह्वान गरेको थियो ।
नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ । साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो ।
शुक्रबार प्रस्ताव खोलिएको हो । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ ।
साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भने, ‘प्रस्ताव खोलिएको छ, मूल्याङ्कन गर्न एक महिना लाग्छ । हाम्रो लक्ष्य अबको दुई महिनामा सम्झौता गर्ने हो, सम्झौता भएको करिब छ महिनामा बस आउँछन् ।'
गत चैतमा साझाले ४० वटा विद्युतीय बस किन्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । साझाले प्रकाशित गरेको सूचनाअनुसार बस खरिदमा सहभागी हुन चाहने कम्पनीले न्यूनतम धरौटी रकम २ करोड १० लाख रुपैयाँ राख्नुपथ्र्यो ।
इच्छुक कम्पनीहरुले साझा यातायातको कार्यालयमा २० हजार रुपैयाँ फिर्ता नपाउने गरी बुझाउनु पर्ने थियो। गत वैशाख २६ गतेसम्म इच्छुक कम्पनीले बस खरिदको प्रस्ताव हाल्न पाउने थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...