कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने
काठमाडौं – काठमाडौं उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने...
काठमाडौं – नेपाली बजारमा ताइवानी हेल्मेट ब्रान्ड निक्को भित्रिएको छ । नेपालमा टर्क मोटर्स ट्रेडर्सले निक्को ब्रान्डको हेल्मेट भित्र्याएको हो ।
हाफ र फुल फेसलगायतका विभिन्न मोडलमा उपलब्ध यी हेल्मेटको मूल्य ३ हजार देखि १४ हजार ५ सय रुपैयाँ सम्म तोकिएको छ । ६ वटा मोडल र २६ वटा ग्राफिक्स मोडलमा यी हेल्मेट उपलब्ध छन् । ग्राहकले आफूलाई मन पर्ने मोडल र ग्राफिक्स छनोट गर्न सक्छन् ।
नेपाली बजारमा उपलब्ध मोडल मध्ये एन ५०० को मूल्य ६ हजार ५ सय, एन ५५६ को ३ हजार, एन ७०२ को ८ हजार ५ सय र एन ८०२एसको १४ हजार ५ सय छ । सामान्य राइडर देखि ठूला मोटरसाइकल राइडर सम्मले यो हेल्मेटको प्रयोग गर्न सक्छन् ।
निक्को ताइवानी ब्रान्ड हो । हाल यसको उत्पादन भारतमा पनि हुन्छ । नेपाली बजारमा आवश्यकता अनुसार भारत वा ताइवानबाटै हेल्मेट आयात गरिने कम्पनीको भनाइ छ । सन् २०११ मा टोनी चेनले स्थापना गरेको टोङ सिङ लाइट इन्डष्ट्रियल प्रालिले हाल भारतमा यो हेल्मेटको उत्पादन गर्छ । चेनले सन् १९७४ देखि नै हेल्मेटको बजारमा उत्पादन उपलब्ध गराइरहेका छन् ।
हेल्मेट उत्पादन गर्ने कारखाना आईएसओ ९००१ः२००० प्रमाणित छ भने यसले जर्मनी, स्वीडेन, जापान, इटाली र ताइवानको प्रविधि उपयोग गर्छ । हेल्मेटको गुणस्तर डट, ईसीई, स्नेल, सीएनएस, एसजी, सीपीएससी, सीई र आईएसआई लगायतका विभिन्न प्रतिष्ठित संस्थाहरुबाट प्रमाणित छ ।
हेल्मेटको बढ्दो लोकप्रियता र मागका कारण उनले पछि उत्पादन बढाउदै गएर अन्य देशमा समेत यसको बजार विस्तार गरे । हाल उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अष्ट्रेलिया र विभिन्न एसियाली देशमा यी हेल्मेट बिक्री हुन्छन् ।
काठमाडौं – काठमाडौं उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने...
नारायणगढ–मुग्लिन सडकखण्डमा आज देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने...
काठमाडौं । एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...