नेपाली बजारमा ताइवानको प्रतिष्ठित निक्को ब्रान्डको हेल्मेट, मूल्य १४ हजार ५ सय सम्म

काठमाडौं – नेपाली बजारमा ताइवानी हेल्मेट ब्रान्ड निक्को भित्रिएको छ । नेपालमा टर्क मोटर्स ट्रेडर्सले निक्को ब्रान्डको हेल्मेट भित्र्याएको हो ।

हाफ र फुल फेसलगायतका विभिन्न मोडलमा उपलब्ध यी हेल्मेटको मूल्य ३ हजार देखि १४ हजार ५ सय रुपैयाँ सम्म तोकिएको छ । ६ वटा मोडल र २६ वटा ग्राफिक्स मोडलमा यी हेल्मेट उपलब्ध छन् । ग्राहकले आफूलाई मन पर्ने मोडल र ग्राफिक्स छनोट गर्न सक्छन् ।

नेपाली बजारमा उपलब्ध मोडल मध्ये एन ५०० को मूल्य ६ हजार ५ सय, एन ५५६ को ३ हजार, एन ७०२ को ८ हजार ५ सय र एन ८०२एसको १४ हजार ५ सय छ । सामान्य राइडर देखि ठूला मोटरसाइकल राइडर सम्मले यो हेल्मेटको प्रयोग गर्न सक्छन् ।

निक्को ताइवानी ब्रान्ड हो । हाल यसको उत्पादन भारतमा पनि हुन्छ । नेपाली बजारमा आवश्यकता अनुसार भारत वा ताइवानबाटै हेल्मेट आयात गरिने कम्पनीको भनाइ छ । सन् २०११ मा टोनी चेनले स्थापना गरेको टोङ सिङ लाइट इन्डष्ट्रियल प्रालिले हाल भारतमा यो हेल्मेटको उत्पादन गर्छ । चेनले सन् १९७४ देखि नै हेल्मेटको बजारमा उत्पादन उपलब्ध गराइरहेका छन् ।

हेल्मेट उत्पादन गर्ने कारखाना आईएसओ ९००१ः२००० प्रमाणित छ भने यसले जर्मनी, स्वीडेन, जापान, इटाली र ताइवानको प्रविधि उपयोग गर्छ । हेल्मेटको गुणस्तर डट, ईसीई, स्नेल, सीएनएस, एसजी, सीपीएससी, सीई र आईएसआई लगायतका विभिन्न प्रतिष्ठित संस्थाहरुबाट प्रमाणित छ ।

हेल्मेटको बढ्दो लोकप्रियता र मागका कारण उनले पछि उत्पादन बढाउदै गएर अन्य देशमा समेत यसको बजार विस्तार गरे । हाल उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अष्ट्रेलिया र विभिन्न एसियाली देशमा यी हेल्मेट बिक्री हुन्छन् ।

सम्बन्धित समाचारहरू

चोरी भएका ४६७ दुई पांग्रे सवारी खोजी गरी प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

चोरी भएका ४६७ दुई पांग्रे सवारी खोजी गरी प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ दुई...

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

काठमाडौं – निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन...

विश्वको सबैभन्दा अग्लो सडकको भयो उद्घाटन, गिनिज बुकमा दर्ता

विश्वको सबैभन्दा अग्लो सडकको भयो उद्घाटन, गिनिज बुकमा दर्ता

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको सडकको उद्घाटन भएको छ । सो सडक १९ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...