क्रसएक्स बाइकमा रमाएका निखिल

बाइकर्स नेपालका चिफ अपरेटिङ अफिसर (सिओओ) हुन्– निखिल ठकुरी । ठकुरी पेसाले सफ्टवेयर इन्जिनियर हुन् । तर, उनको बाल्यकाल देखिकै मोटरसाइकलप्रतिको मोहले उनलाई सफ्टवेयर इन्जिनियरिङ पेसालाई छोड्न बाध्य बनायो । जुन विषयमा इच्छा, आकांक्षा, रुचि र लगाव छ त्यसमै उसको भविष्य हुन्छ भन्ने कुरा ठकुरीबाट प्रष्ट हुन्छ ।

काठमाडौंको नयाँ नैकापमा जन्मिएका ठकुरीले १३ वर्षकै उमेरमा मोटरसाइकल सिके । घरमा बुबाको मोटरसाइकल थियो । बुबा नभएको मौका छोपेर उनी मोटरसाइकल दौडाउँथे । यसरी नै उनमा मोटरसाइकलप्रतिको झुकाव बढ्दै गयो । त्यही झुकावले आज उनलाई एक चर्चित बाइक रेसरको रुपमा चिनाएको छ । सायद त्यो झुकाव हुँदैनथ्यो भने उनी अहिले एक सफ्टवेयर इन्जिनियरको रुपमा आफूलाई प्रस्तुत गरिरहेका हुन्थे ।

यो अवधिमा ठकुरीले ५ वटाभन्दा बढी मोटरसाइकल फेरिसकेका छन् । अहिले उनीसँग क्रसएक्स मोटरसाइकल छ । यो मोटरसाइकल उनले ५ वर्ष अघि किनेका हुन् । त्यतिबेला उनले ६ लाख ५० हजार रुपैयाँमा किनेका उक्त मोटरसाइकलको बजार मूल्य ७ लाख ९५ हजार रुपैयाँ छ । त्यसअघि उनले युनिकर्न देखि आरवन फाइभ सम्मका मोटरसाइकलको अनुभव लिइसकेका थिए ।

सफ्टवेयर इन्जिनियरिङको पढाइ सकेपछि ठकुरी एउटा आइटी कम्पनीमा काम गर्थे । त्यही रहँदा उनले बाइकर्स नेपालको पनि काम गर्थे । उनलाई पनि सानैदेखि बाइकप्रति रुचि भएको र बाइकर्स नेपालको आइटी सम्बन्धी काम गर्ने भएपछि उनी २०१५ बाट बाइकर्स नेपालको सिओओमा नियुक्त भए । त्यसपछि इन्जिनियर पेसा छोडेको उनी बताउँछन् । ‘मेरो रुचि नै मोटरसाइकलप्रति थियो,’ उनले भने, ‘त्यहि रुचिले मलाई सफ्टवेयर इन्जिनियर पेसालाई छोडेर बाइकर्स नेपालमा आवद्ध हुन प्रेरित गर्यो ।’

क्रसएक्स मोटरसाइकल आफैंमा महंगो भए तापनि पछिल्लो युवापुस्तामाझ यो निकै लोकप्रिय छ । विशेषगरी अफरोड रेसिङका लागि यो मोटरसाइकल निकै उपयोगी मानिन्छ । ठकुरीले ५ वर्ष अघि क्रसएक्स मोटरसाइकल चढेको देख्दा सबैले नौलो मान्थे । क्रसएक्स मोटरसाइकल किनेको एक वर्षपछि यही मोटरसाइकल लिएर उनी मुक्तिनाथ घुम्न गए । त्यहाँ क्रसएक्स मोटरसाइकल देख्ने जति सबैले यो मोटरसाइकलको बारेमा सोधेको उनले बताए । ‘म मुक्तिनाथ यो मोटरसाइकल लिएर गएको थिएँ,’ उनले भने, ‘बाटोमा धेरैले यो मोटरसाइकलको बारेमा सोध्नुभयो । मलाई पनि आफूले चढेको ब्रान्डको बारेमा भन्दा निकै आनन्द लागेको थियो । त्यसपछि बाटोमै भेटेका धेरैले मेरो सम्पर्क नम्बर लिएर यो मोटरसाइकल किन्नुभएको पनि छ ।’

क्रसएक्सको लुक्स, यसमा प्रयोग भएका पार्टपुर्जा, विश्वसनियता देखि यसको पिकअप जस्ता कुराले आफूलाई लोभ्याएको ठकुरी बताउँछन् । बाइक रेसिङ रुचि भएका ठकुरी यो मोटरसाइकल विशेषगरी विकेन्डका बेलामा अफरोडका लागि मात्र प्रयोग गर्छन् । उनी विकेन्डमा विशेषगरी कुलेखानी, चिसापानी, शिवपुरी राष्ट्रिय निकुन्ज, नुवाकोट, धुलिखेल, पनौती जस्ता ठाउँमा बाइक रेसिङका लागि गैरहेका हुन्छन् ।

यसका साथै उनले विभिन्न बाइक रेसिङ प्रतियोगितामा पनि भाग लिएका छन् । सन् २०१३ मा नासाले आयोजना गरेको रेसमान्डु प्रतियोगितामा उनले पहिलोपटक भाग लिए । उक्त प्रतियोगितामा प्रथम भएको उनी बताउँछन् । यसरी पहिलो प्रतियोगिताबाटै सफलता हासिल गरेपछि बाइक रेसिङले अझै तानेको उनी बताउँछन् । त्यतिबेला उनी १५० सीसी रेसिङ सेगमेन्टमा प्रथम भएका थिए । त्यसपछि उनले सन् २०१६ मा भएको रेसमान्डु ४ मा भाग लिए । उक्त प्रतियोगितामा दोस्रो भए भने सन् २०१७ मा भएको रेसमान्डु ५ मा उनले तेस्रो स्थान हासिल गरे ।

बाइक रेसिङमा सक्रिय रुपमा लागेका ठकुरी नेपालमा रेसिङ सर्किट नभएको र सरकारले यतातर्फ ध्यान नदिएको प्रति भने देखेसो व्यक्त गर्छन् । ‘अहिले नेपालमा बाइक रेसहरु धेरै छन्,’ २८ वर्षीय ठकुरीले भने, ‘तर नेपालमा बाइक रेसिङका क्षेत्रमा सरकारले केही गर्न सकेको छैन । यदि सरकारले प्लेटफर्म सिर्जना गर्ने, सर्किट बनाउने, प्रमोट गर्ने अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन प्रोत्साहन गर्ने हो भने यो क्षेत्रले अझै फड्को मार्न सक्थ्यो ।’

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...