नेक्स्ट जेनेरेसन रोयल इन्फिल्ड क्लासिक ३५० ट्रिपर नेभिगेसन सहित अगस्त २७ मा लन्च हुने

लामो समयदेखि प्रतीक्षित रोयल इन्फिल्डको नेक्स्ट जेनेरेसन मोडल आगामी अगस्त २७ मा लन्च हुने भएको छ । न्यु जेनेरेसन अपडेटको साथमा क्लासिक ३५० एक्सटेरियर डिजाइन र टेक्नोलोजीको साथमा अपडेट गरिएको छ ।

रिपोर्टका अनुसार सो बाइकको केही डिलरसिपमा बुकिङ पनि सुरु भइसकेको छ । हाल उपलब्ध मोडल भन्दा नयाँ क्लासिक ३५० रिफ्रेसिङ र नयाँ डिजाइनको हुनेछ । कम्पनीले सो बाइकको लामो समयदेखि परीक्षण गरिरहेको छ । सार्वजनिक भएको फोटो अनुसार यसमा मेटियर ३५० को स्टाइल एलिमेन्ट देख्न सकिन्छ ।

पावर र ह्यान्डलिङ
पावरको लागि सो बाइकमा नयाँ ३४८ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिनको प्रयोग गरिएको छ । सो इन्जिनले १९.२ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा नयाँ ५ स्पिड गियरबक्स समावेश गरिएको छ । हाल उपलब्ध मोडल भन्दा नयाँ मोडलको पावर बढी रहेको छ ।

यसको इन्डिकेटर लाइटको डिजाइन पनि परिवर्तन गरिएको छ । नयाँ बाइकमा एलईडी लाइट समावेश गरिने छ जबकि पुरानो मोडलमा हेलोजन लाइट समावेश गरिएको थियो । रिपोर्टका अनुसार बाइकको सिंगल डाउनट्युब फ्रेमको स्थानमा ट्वीन डाउनट्युब फ्रेममा तयार पारिएको छ । उक्त फ्रेमलाई कम्पनीले गत वर्षको नोभेम्बरमा भएको मेटियर ३५० मा प्रयोग गरिएको थियो । यसको ह्यान्डलिङ र परफर्मेन्स पनि पहिलाको भन्दा उत्कृष्ट हुनेछ ।

क्लासिक ३५० न्यु जेनेरेसन मोडलमा ब्यालेन्सर शाफ्ट जडान गरिएको छ । जसले गर्दा बाइक भाइब्रेसन निकै कम हुन्छ । पुरानो मोडलमा भन्दा नयाँ मोडलमा राइडिङ एक्सपेरियन्स पनि राम्रो हुनेछ । सो बाइकमा क्रोम बेजलको साथमा रेट्रो स्टाइल भएको सर्कुलर हेडल्याम्प, टियर ड्रप शेपमा फ्युल ट्यांक, राउन्ड शेप रियर भ्यु मिरर, क्रोम प्लेटेड एक्जास्ट र आकर्षक फेन्डर्स जस्ता फिचर समावेश गरिएको छ । साथै साइड प्यानल र फ्युल ट्यांकमा सी–शेपको ग्राफिक्स जडान गरिएको छ जबकि फेन्डरमा नयाँ स्ट्रिप्स समावेश गरिएको छ ।

ट्रिपर नेभिगेसन सहितको फिचर
रिपोर्टका अनुसार २०२१ रोयल इन्फिल्ड क्लासिक ३५० मा फ्युल गेज, ओडोमिटर र ट्रिपर नेभिगेसन पोडको जानकारीको लागि एक डिजिटल डिस्प्ले समावेश गरिएको छ । रोयल इन्फिल्डको ट्रिपर नेभिगेसन सिस्टम रोयल इन्फिल्ड एपको माध्यमले स्मार्टफोनबाट कनेक्ट गर्दा टर्न बाई टर्न नेभिगेसन देख्न सकिन्छ । नयाँ क्लासिक ३५० मा मेटियर ३५० मा जस्तै सेमी डिजिटल स्पिडोमिटरको साथमा ट्रिपर डिस्प्ले समावेश गरिएको छ । ट्रिपर नेभिगेसन गुगलबाट कनेक्ट हुनेछ । सो एपको मदतले बाटो सजिलै पत्ता लगाउन सकिनेछ ।

नाब स्टाइल इग्निशन
कम्पनीले मेटियर ३५० मा नाब स्टाइल इग्निशन स्विच समावेश गरेको छ । २०२१ रोयल इन्फिल्ड क्लासिक २५० मा पनि यही स्विच प्रयोग गरिनेछ । जसले यसको लुकलाई निकै आकर्षक बनाउनेछ । इग्निशन स्विचको नाबलाई औलाले अन र अफ गर्न सकिनेछ ।

सेफ्टी फिचर
नयाँ २०२१ रोयल इन्फिल्ड क्लासिक ३५० बाइकमा अन्य फिचर पनि समावेश गरिएको छ । नयाँ क्लासिक ३५० मा पुशोडर वल्व सिस्टमको स्थानमा एसओएचसी सेटअप उपलब्ध हुनेछ । नयाँ ड्युल क्याडल च्यासिसको साथै न्यु जेनेरेसन क्लासिक ३५० मा ट्वीन पिस्टन फ्लोटिङ क्यालिपरको साथमा ३०० एमएम फ्रन्ट डिस्क ब्रेक र सिंगल पिस्टन फ्लोटिङ क्यालिपरको साथमा २७० एमएम रियर डिस्क ब्रेक समावेश गरिएको छ । रोयल इन्फिल्ड नयाँ क्लासिक ३५० मा डुअल च्यानल एबीएस सिस्टम समावेश गरिने भएको छ ।

मूल्य र प्रतिस्पर्धा
न्यु जेनेरेसन रोयल इन्फिल्ड क्लासिक ३५० को एक्स शोरुम मूल्य लगभग १ लाख ८५ हजार भारु देखि २ लाख २० हजार भारु हुने सम्भावना रहेको छ । सो बाइक होन्डा हाइनेस सीबी३५० र जावासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

रोयल इन्फिल्डले आफ्नो बाइकहरु अपडेट गर्दैछ । रिपोर्टका अनुसार कम्पनीले...

गाडी र मोटरसाइकलको डिलरसिप खोस्न होडबाजी, ११ बर्षमा खोसिए ११ ब्रान्डको डिलरसिप

गाडी र मोटरसाइकलको डिलरसिप खोस्न होडबाजी, ११ बर्षमा खोसिए ११ ब्रान्डको डिलरसिप

गाडी र मोटरसाइकलको कारोबारमा नयाँ ठूला व्यवसायीक घरनाको रुची बढ्न थालेपछि...

नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर र थप दुई कलरसहित नेपाली बजारमा आयो हार्टफोर्ड भीआर १५०एच

नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर र थप दुई कलरसहित नेपाली बजारमा आयो हार्टफोर्ड भीआर १५०एच

काठमाडौं – नेपाली बजारमा थप दुई कलरमा हार्टफोर्ड भीआर १५०एच भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...