दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म
इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि...
काठमाडौं– एलएस अटोको दुई नयाँ ईभी नेपाल आउने भएका छन् । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एलईभी ०५ र एलईभी एक्स गरी दुई नयाँ मोडल ल्याउने भएको हो ।
कम्पनीले नाइमा मोबिलिटी एक्स्पोसंगै नाडा अटो शो २०२५ मा पनि यी ईभी प्रदर्शन गर्ने योजना बनाएको छ । नाईमा अटोशो आगामी साउन २१ देखी २५ गतेसम्म हुँदै छ भने नाडा अटो शो भदौ ३ देखी गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने तय भएको छ ।
कम्पनीले नेपाल ल्याउन लागेको विद्युतीय कार एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक र ५० किलोवाट क्षमताको फ्रन्ट ह्विल ड्राइभ मोटर जडान गरिएको छ । यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी कम्पनीले गरेको छ । कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिने बताइएको छ ।
ह्याचब्याक सेग्मेन्टमा पर्ने यस कारको लम्बाई ४२ सय एमएम, चौडाई १७ सय ७० एमएम र उचाई १६ सय १० एमएम छ । यो कारमा २६ सय ५० एमएम लामो ह्वीलबेस रहेको छ । १७ इन्चको अलोय ह्वील रहेको एलईभी ०५ मा १ सय ७५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।
यसैगरी, नेक्सन भेन्चरले सार्वजनिक गर्न लागेको अर्को मोडल एलईभी एक्स भने अघि नै नेपाली बजारमा बिक्री भइरहेको एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सन हो । क्रसओभर एसयुभी सेग्मेन्टमा पर्ने यस ईभीमा ७७ किलोवाट आवरको ब्याट्री प्याक र २ सय किलोवाटको मोटर रहने जनाइएको छ । साथै, यसमा केही फिचर अपग्रेड समेत हुने कम्पनीको भनाई छ ।
एलएस अटोको उत्पादन बिक्री गर्न कम्पनीले तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडी नयाँ शोरुम तयार पारेको छ ।
इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि...
विद्युतीय सवारीसाधन (ईभी) को ब्याट्री छिट्टै कमजोर हुन्छ भन्ने आम धारणा गलत...
ओकिनावा स्कुटरको खरिदमा माछापुच्छे« बैंकले फाइनान्स सुबिधा दिने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...