निषेधाज्ञामा फ्रन्टलाइनर्सका लागि प्योर ईभीको २५ हजार सम्म छुट
काठमाडौं – जारी निषेधाज्ञाको समयमा प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्न...
भारतीय अटो उत्पादक टाटा मोटर्सले निर्माण गरेको नेक्सन इभी नेपाल भित्रिएको ७ महिना पुग्नै लागेको छ । साउन महिनाको मध्यदेखी बिक्री खुल्ला गरिएको यो इलेक्ट्रिक क्रसओभरको माग अहिलेसम्म पनि उच्च रहँदै आएको छ । माग बमोजिम आपूर्ती हुन नसकेका कारण आधिकारिक बिक्रेता सिप्रद्धी ट्रेडिङ प्रालिले ६ महिनाअघि बुकिङ लिएर बसेका ग्राहकलाई अझैपनि डेलीभरी दिन सकिरहेको छैन ।
नेक्सन इभीमा ग्राहकको क्रेज बढिरहेको समयमा उसले अर्को नयाँ मोडल टिगोरलाई समेत भित्राएर बिक्री प्रारम्भ गरिसकेको छ । कम्प्याक्ट सेडान सेग्मेन्ट अन्तर्गतको यो नयाँ इलेक्ट्रिक कारमा ग्राहकले भारतमा लन्च भएलगत्तै चासो ब्याक्त गर्न थालेका थिए । ६ महिनाअघि भारतमा लन्च गरिएको यो कारको माग अहिले भारतमै थेगि नसक्नु रहँदै आएको छ । जुन नेक्सन इभीमा समेत रहिरहेको छ ।
नेपालमा इभी पारखीहरुको संख्या बढ्दै गएका कारण यस्ता साधनको माग उच्च रहँदै आएको र यस्तोमा टाटाले सस्तो मूल्यमै नेक्सन इभीपछि टिगोर समेत उतारेका कारण अबको केही समयसम्म नेपालको इभी बजार यी दुई मोडलमै बढी केन्द्रित हुने देखिन्छ । इभीमा पहिलोपटक कम्प्याक्ट सेडान भित्राएर कारोबार थालेको कम्पनीका लागी यसको बजार खोजी रहनुपर्ने नदेखिएपनि बजारमा एसयुभी र क्रसओभर सेग्मेन्टका गाडीको लोकप्रियता र माग बढिरहेका कारण यो इलेक्ट्रिक कार नेक्सन इभी जत्तिकै लोकप्रिय हुने बिषयमा भने शंका गर्नुपर्ने देखिएको छ ।
तथापी कम्पनीले नेक्सन इभीको तुलनामा कम समय कुर्नुपर्ने अबस्था सिर्जना गर्न सकेको खण्डमा भने ग्राहकले उक्त एसयुभीलाई छाडेर भएपनि टिगोर इभी लिनसक्ने देखिन्छ । जुन अहिलेकै समयमा सम्भव समेत देखिदैन । किनकी भारतमै नेक्सन जस्तै टिगोरको समेत माग उच्च रहँदै आएको र ग्राहकले कम्तिमा पनि ६ महिनासम्म कुर्नुपर्ने अबस्था रहेको छ ।
फरक सेग्मेन्टका यी दुई कारमा टाटा मोटर्सले केही यस्ता समान फिचर्स दिएका कारण नेक्सनको बिकल्प टिगोर इभी बन्न सक्ने थप आधारहरु देखिएका छन् । तथापी पावर, पर्फमेन्स, बडी लुक्स र मुल्यलाई आधार मान्ने हो भने यी दुबै कारको आ–आफ्नै लक्षित ग्राहक छन् ।
यस्तो छ समान फिचर्स
यी दुबै कारमा टाटा मोटर्सले जिपट्रोन इलेक्ट्रिक मोडुल प्लेटफर्मलाई प्रयोगमा ल्याएको छ । यी दुबै कारलाई फास्ट चार्जरको साहयतामा एक घन्टाभित्रै सून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने र एसी कलबक्स चार्जरबाट साढे ८ घन्टामा पूर्ण चार्ज गर्न सकिने दाबी गरिएको छ । यी दुबै कारमा आइपी६७ रेटेड लिथियम आयोन ब्याट्री प्याक जडान गरिएको छ । जसको साइज भने फरकफरक रहेको छ । यी दुबै कारले ३ सय माथीको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
त्यसैगरी दुबै कारमा जडान गरिएको ब्याट्री र मोटरमा कम्पनीले ८ बर्ष र १ लाख ६० हजार किलोमिटरको वारेन्टि सेवा उपलब्ध गराएको छ । दुबै कारमा ७ इन्चको डिस्प्ले, हर्मन स्टेरियो सिस्टम, एलइडी लाइट, रियर पार्किङ क्यामेरा र अटो फोल्डेबल ओआरभिएमएस लगायत फिचर्स दिइएको छ । यद्यपी नेक्सन इभीलाई केही प्रिमियम देखाउन यो कारमा केही अतिरिक्त फिचर्स भने थप गरिएको छ । कनेक्टेड कार फिचर्स समेत नेक्सन र टिगोरमा करिब करिब समान रहेको छ । नेक्सनमा ३५ भन्दा बढी कनेक्टेड कार फिचर्स दिइएकोमा टिगोरमा पनि ३० भन्दा बढी यस्ता फिचर्स दिइइको छ । यी दुबै कारमा जेड कनेक्ट एप उपलब्ध गराइएको छ ।
फरक फिचर्स र मूल्य
यी दुई कारमा प्रयोग गरिएको ब्याट्री साइज फरक रहेको छ । नेक्सन इभीमा ३०.२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएकोमा टिगोर इभीमा भने जम्मा २६ किलोवाट आवरको मात्र ब्याट्री प्याक दिइएको छ । ब्याट्री प्याकमा अन्तर देखिएपनि यी दुइ कारले दिने रेन्ज भने बराबरीको हाराहरीमा छ । नेक्सनले ३१२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने टिगोरले ३०६ किलोमिटर । त्यसैगरी नेक्सनको १२९ पिएस पावर र २४५ एनएम टर्क रहेकोमा टिगोरको पावर ७४ पिएस र टर्क १७० एनएम रहेको छ । जसको आधारमा नेक्सन टिगोरको तुलनामा निकै शक्तिशाली देखिएको छ ।
कनेक्टेड कार फिचर्सको कुरा गर्नुपर्दा नेक्सन टिगोरभन्दा केही प्रिमियम देखिएको छ । टिगोरको तुलनामा यसमा ५ भन्दा बढी मात्र यस्तो फिचर्स थप गरिएको छ । सेफ्टिको कुरा गर्नुपदा नेक्सनले ५ स्टार रेटिङ र टिगोरले ४ स्टार रेटिङ हात पारेको छ ।
मूल्यको कुरा गर्दा भने यी दुई कारमा ठूलै अन्तर रहेको देख्न सकिन्छ । नेपाली बजारमा उपलब्ध नेक्सन इभीको बेस भेरियन्ट एक्सएमको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएकोमा सोही भेरियन्टको टिगोर एसईको मुल्य २९ लाख ९९ हजार तोकिएको छ । जुन नेक्सनको तुलनामा ७ लाख रुपैयाँले कम हो ।
त्यसैगरी नेक्सनको मिडियम भेरियन्ट एक्सजेड प्लसको ३८ लाख ९९ हजार र टप भेरियन्ट एक्सजेड प्लस लक्जरीको ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उता टिगोरको मिडियम भेरियन्टको ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसलाई ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मिडियम भेरियन्टमा नेक्सन टिगोरको तुलनमा ७ लाख ५० हजार र टप भरियन्टमा ८ लाख रुपैयाँ महंगो देखिएको छ ।
काठमाडौं – जारी निषेधाज्ञाको समयमा प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्न...
काठमाडौं – इलेक्ट्रिक भेइकल जीएसी मोटर्सको नेपालका लागि आधिकारिक...
सुजुकीकाे पहिलो इलेक्ट्रिक स्कुटर सुजुकी ई-एक्सेसको बुकिङ भारतमा औपचारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...