नेक्सन ईभीलाई टक्कर देला त नेटा भीले ? यस्तो छ फिचर्स र मूल्य

नेपालको इलेक्ट्रिक भेइकल बजारमा सर्बाधिक माग भएको इलेक्ट्रिक कार हो टाटा नेक्सन । सुपथ मूल्यमा फिचर्स लोडेड विशेषताका कारण लोकप्रिय बनिरहेको यो इलेक्ट्रिक एसयूभीलाई सीजी मोटर्सले औपचारिक लन्च गर्न गैरहेको नेटा भीले टक्कर दिने अनुमान लगाइएको छ । नेटा भीलाई कम्पनीले पर्सी औपचारिक लन्च गर्ने बताएको छ ।

आगामी वर्षको बजेटमा १ सय किलोवाट क्षमतासम्मका मोटर जडित इलेक्ट्रिक कारमा यसअघिको कर संरचतालाई निरन्तरता दिंदै त्यसमाथि क्षमताको कारमा भारी मात्राले भन्सार र अन्तःशुल्क वृद्धि गरिएका कारण पनि अबको बजार यी २ मोडलमै बढी केन्द्रित हुने देखिन्छ । नेक्सन ईभीमा ९५ किलोवाट र नेटा भीमा ७० किलोवाट पावरको मोटर जडान गरिएको छ ।
नेक्सन ईभीलाई भारतीय अटो निर्माता टाटा मोटर्सले रेगुलर मोडल नेक्सनलाई ईभी भर्सनमा उतारेको हो भने नेटा भी चाइनिज अटो उत्पादक होजोन मोटर्सको उत्पादन हो । लुक्स तथा डिजाइनका हिसाबले नेक्सन सव फोर मिटर एसयूभी सेग्मेन्टमा पर्छ भने नेटा भी क्रसओभर सेग्मेन्टमा ।

मोटर क्षमता बढी भएपनि नेक्सन ईभीमा जडान गरिएको ब्याट्री प्याक नेटा भीको तुलनामा केही सानो साइजको छ । नेक्सनमा ३०.२ किलोवाट आवरको व्याट्री जडान गरिएको छ भने नेटा भीमा ३८.५४ किलोवाट आवरको ब्याट्री दिइएको छ । ब्याट्रीको आकार ठूलो भएका कारण नेटा भीले दिने माइलेज समेत नेक्सनको तुलनामा बढी छ । नेक्सन ईभीले ३१२ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएकोमा नेटा भीले ४ सय किलोमिटर रेन्ज दिने दाबी छ ।

फिचर्सको मामलमा पनि नेटा भी नेक्सनभन्दा माथिल्लो श्रेणीमा रहेको स्पष्ट देखिन्छ । नेक्सन ईभीमा ७ इन्चको डिस्प्ले, हर्मन स्टेरियो सिस्टम, एलईडी लाइट, रियर पार्किङ क्यामेरा र अटो फोल्डेबल ओआरभीएमएस लगायत फिचर्स दिइएको छ । नेक्सनमा ३५ भन्दा बढी कनेक्टेड कार फिचर्स दिइएकोमा नेटा भीमा पनि ३० भन्दा बढी यस्ता फिचर्स दिइइको छ । यो कारमा जेड कनेक्ट एप उपलब्ध गराइएको छ ।

उता, नेटा भीमा प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेयरिङ ह्विल, युनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, ठूलो आकारको भर्टिकल इन्फोटेनमेन्ट सिस्टम, युनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक लगायत अन्य प्रशस्तै फिचर्स उपलब्ध छ ।

नेक्सन ईभीको मूल्य नेपाली बजारमा ३७ देखि ४१ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ भने नेटा भीलाई ३८ लाख रुपैयाँमा बिक्री गर्ने आधिकारिक वितरक सिजी मोटर्सले बताएको छ । यी दुबै इलेक्ट्रिक कारको मोटर र ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी फर्चुन ५०० सूचीमा समावेश : प्रविधिमार्फत थप कार्य गर्ने प्रतिबद्धता व्यक्त

बीवाईडी फर्चुन ५०० सूचीमा समावेश : प्रविधिमार्फत थप कार्य गर्ने प्रतिबद्धता व्यक्त

चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी बीवाईडी फर्चुन ५०० को सूचीमा परेको छ ।...

सिएटिएल र फोटोन मोटरले गरे इलेक्ट्रिफिकेसनमा सँगै अघि बढ्ने सम्झौता

सिएटिएल र फोटोन मोटरले गरे इलेक्ट्रिफिकेसनमा सँगै अघि बढ्ने सम्झौता

काठमाण्डौं–सिएटिएल र फोटोन मोटरले चीनको फुजियान प्रान्तको निङ्दे सहरमा...

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

काठमाडौं । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस बिहीबारदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...