भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
क्रसफायर तथा इटालिका मोटो वाइकले नयाँ वर्ष २०२३ लाई लक्षित गरी विभिन्न अफर ल्याएको छ । आधिकारिक वितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एण्ड इम्पोर्ट प्रालिले ल्याएको सो अफरमा ग्राहकले १५ हजारसम्म नगद छुट, निशुल्क एसेसोरिज, एक्सचेन्ज वोनस र अन्य उपहार पाउनेछन् ।
सो अफर अन्तर्गत क्रसफायर व्राण्डका ट्रेकर २५० र एचजे २५० को खरिदमा १५ हजार नगद छुट र हेल्मेट निशुल्क प्रदान गरिने कम्पनीले बताएको छ । यसैगरी इटालिका मोटो फर्मूला १५० स्कुटर र अन्य मोडलका मोटरसाइकल खरिदमा १० हजार नगद छुट र हेल्मेट निशुल्क प्रदान गरिनेछ ।
ग्राहकले आफूसंग भएको जुनसुकै व्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसंग क्रसफायर र इटालिका मोटोको व्राण्ड न्यू वाइक एक्सचेन्च गर्दा २० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन दिने जनाइएको छ । साथै ग्राहकले हरेक हप्ता आकर्षक उपहार समेत पाउनेछन् । अफर माघ १७ गतेसम्मका लागि लागु हुने वताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...