बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालमा टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको आधिकारिक विक्रेता योम मा ई–मोटर्स प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा नगद छुट तथा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको स्किम अनुसार टेल्जीका स्कुटरमा ग्राहकले १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।
ग्राहकले कुनै पनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीका नयाँ स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा १५ हजार थप मूल्यांकन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
हरेक स्कुटरको खरिदमा १० हजार बराबरको एसेसरिज अर्थात ब्लुटुथ हेलमेट, पिलियन व्याक रेस्ट र फुट म्याट निःशुल्क प्रदान गर्ने जनाइएको छ । छुट योजना बैशाख १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा लायन, टाइगर र लियोपार्ड गरी तीन मोडलका टेल्जी स्कुटर उपलब्ध छन् । फुल चार्ज गर्न ५ घन्टा लाग्ने यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एडजस्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट र ठूलो अन्डर सिट स्पेस लगायतका सुविधा उपलब्ध गराइएको छ ।
संयुक्त राष्ट्र संघको वातावरण सम्बन्धी ई–मोबिलिटी प्रोग्रामको समेत पार्टनर रहेको टेल्जी एक प्रतिष्ठित कम्पनी हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...