२५ किलोमिटर भन्दा बढी माइलेज दिने नयाँ मारुती सुजुकी वागनआर लन्च

मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी वागनआरको नयाँ अवतार भारतमा लन्च गरिएको छ । कम्पनीले नयाँ वागनआरको बेस भेरिएन्ट एलएक्सआर्ईको मूल्य ५ लाख ३९ हजार ५०० राखेको छ भने टप भेरिएन्टको मूल्य ६ लाख ८१ हजार भारु तोकिएको छ ।

अपडेट वागनआरमा स्मार्टफोन नेभिगेसनको साथमा ७ इन्च स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम समावेश छ, जुन ४ स्पिकरमा उपलब्ध छ । यसमा ड्युअल एयरब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, फ्रन्ट सिट बेल्ट रिमाइन्डर, हाई स्पिड अलर्ट सिस्टम र रियर पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर रहेको छ ।

नयाँ वागनआर एजीएस भेरिएन्टमा हिल–होल्ड असिस्टको साथ उपलब्ध छ, साथै यसमा स्पोर्टी फ्लोटिङ रूफ डिजाइन र डायनामिक अलोय ह्विलसहितको ड्युअल टोन एक्सटेरियर उपलब्ध छ ।

नयाँ वागनआरमा स्टार्ट–स्टप टेक्नोलोजीको साथ एड्भान्स के सिरिज ड्युअल जेट, ड्युअल भीभीटी इन्जिन जडान गरिएको छ । सो कार १.० लिटर र १.२ लिटर इन्जिन विकल्पमा लन्च गरिएको छ ।

यो पेट्रोल र एस–सीएनजी दुबै विकल्पहरूमा उपलब्ध छ । कम्पनीका अनुसार १.० लिटर पेट्रोल इन्जिनले २५.१९ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ, जुन आउटगोइङ मोडल तुलनामा १६ प्रतिशत बढी हो ।

साथै, यसको सीएनजी भेरिएन्ट ३४.०५ किलोमिटर प्रति किलोग्रामको दरमा चल्न सक्नेछ । यो निवर्तमान एस–सीएनजी मोडलको तुलनामा करिब ५ प्रतिशत बढी हो । कम्पनीका अनुसार फ्याक्ट्रीमा लगाइएको एस–सीएनजी विकल्प अब एलएक्सआई र भीएक्सआई दुबै भेरिएन्टमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

मारुती सुजुकीले नयाँ डिजायर सार्वजनिक गरेको छ । ग्लोबल एनक्यापले हालै...

नेपाली बजारमा २५ लाख भन्दा कम मूल्यका सुजुकीका ५ कार, यस्तो छ मूल्य

नेपाली बजारमा २५ लाख भन्दा कम मूल्यका सुजुकीका ५ कार, यस्तो छ मूल्य

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्ये एक मारुती सुजुकीसँग सबैभन्दा बढी...

क्र्यास टेष्ट रेटिङको विषयलाई लिएर मारुती अध्यक्ष भार्गवले दिए यस्तो प्रतिक्रिया

क्र्यास टेष्ट रेटिङको विषयलाई लिएर मारुती अध्यक्ष भार्गवले दिए यस्तो प्रतिक्रिया

मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले ग्लोवल एनक्यापले गर्ने क्र्यास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...