बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
रोयल इन्फिल्ड हिमालयन सन् २०१६ मा लन्च गरेको थियो । सो बाइक एड्भेन्चर बाइकको रुपमा निकै लोकप्रिय रहयो । हाल कम्पनीले सो बाइक नयाँ अवतारमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले सो बाइकलाई एड्भेन्चर एडिसनमा लन्च गर्नेछ ।
रोयल इन्फिल्डले हिमालयलाई यूके डिस्ट्रिब्यूटर मोटोजीबी कम्पनीको साझेदारीमा सो एडिसन लन्च गर्न लागेको हो । हालको लागि सो बाइक यूकेमा मात्र लन्च गर्ने घोषणा गरिएको छ । सो बाइक अन्य देशमा लन्च गर्ने÷नगर्ने बारेमा जानकारी दिएको छैन ।
रोयल इन्फिल्ड हिमालयन सीमित बाइक मात्र लन्च गरिने छ । कम्पनीले सो बाइकमा नयाँ फिचर पनि समावेश गर्नेछ जसले गर्दा सो बाइकको मूल्य करिव ७० हजार रुपैयाँले वृद्धि हुनेछ ।
रोयल इन्फिल्डको नयाँ हिमालयन बाइकमा बीएस६ कम्प्लायन्ट ४११ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन समावेश गरिएको छ । जसले २४.३ बीएचपीको पावर र ३२ एनएमको पिक टर्क जेनेरेट गर्छ । नयाँ हिमालयन बाइकमा ५ स्पिड कन्स्ट्यान्ट मेश गियरबक्स समावेश गरिएको छ साथै ड्युअल च्यानल एबीएस समावेश गरिएको छ । २०२० रोयल इन्फिल्ड हिमालयनमा हेजार्ड स्विच, दमदार ब्रेक मेकानिजम र साइड स्ट्यान्ड पनि उपलब्ध रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...