बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका बनाएर आयातमा कडाइ र व्यवस्थित गर्न लागेको छ । जसका लागि विभागले मापदण्डाको मस्यौदा समेत तयार पारिसकेको छ ।
सवारी आयातकर्ताहरूले निश्चित वर्षसम्म सर्भिस दिनुपर्ने, वर्कशप बनाउनु पर्ने, विद्युतीय सवारी बिक्री गरेपछि संख्याका आधारमा चार्जिङ स्टेसन राख्नुपर्ने लगायत बाध्यकारी व्यवस्था लागु गर्ने प्रस्ताव गरिएको छ ।
सवारी बिक्रेताले बेचेको कुनै पनि सवारी साधन ६ महिना भित्र उत्पादन वा संचालन सम्बन्धी कुनै किसिमको समस्या देखिए आयात कर्ताले नै निःशुल्क मर्मत वा अर्को सवारी दिनुपर्ने व्यवस्था गरिएको छ ।
‘आफू वा आफ्ना आधिकारिक बिक्रेताबाट बिक्री वितरण गरिएका सवारीसाधनको बिक्री भएको मितिबाट ६ महिनाको अबधिभित्र उत्पादन वा सञ्चालनसँग सम्बन्धित कुनै किसिमको खराबी उत्पन्न भएको अवस्थामा सो को निःशुल्क मर्मत वा सवारीको प्रतिस्थापन गर्नु आयातकर्ता फर्म वा कम्पनीको दायित्व हुनेछ,’ प्रस्तावित निर्देशिकामा भनिएको छ ।
तर, उत्पादक कम्पनीले तोकेको समय अनुसार मर्मत नगरेका कारण सवारीमा खराबी देखिएमा आयातकर्ता कम्पनी सवारीको निःशुल्क मर्मत वा सवारीको प्रतिस्थापन गर्न बाध्य नहुने उल्लेख छ ।
प्रस्तावित निर्देशिकामा भने सवारी आयात गर्दा नै नेपालमा बिक्री वितरण, बिक्रीपछिको सेवा तथा मर्मत सम्भारको लागि प्रस्तावित योजना अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...