नयाँ शैली, नयाँ सुविधा सहित टीभीएस स्ट्राइकर १२५ भाेलि मेलामा सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा टीभीएसकाे आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ आयाेजना भइरहेको छ । गत जेठ ७ देखि सुरु साे मेला आगामी जेठ १२ गतेसम्म काठमाडौँको प्रसिद्ध स्थान ‘भृकुटीमण्डप’ मा आयोजना भइरहेको छ। उक्त मेलामा पुराना मोटरसाइकल वा स्कुटरहरू साटासाट गरी नयाँ टीभीएस सवारीहरू घर लैजान सकिने व्यवस्था मिलाइएको छ। यस विशेष अवसरमा विभिन्न आकर्षक अफरहरू र मनोरञ्जनात्मक कार्यक्रमहरूको मजा लिन सकिनेछ।

साे अवसरमा सबैभन्दा प्रतीक्षित टीभीएस स्ट्राइकर १२५ मोटरसाइकलको नयाँ संस्करण भाेलि जेठ ११ गते ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ मा विशेष रूपमा सार्वजनिक गरिनेछ। नयाँ स्ट्राइकर १२५ मा सुविधाजनक लक की, युएसबी चार्जिङ पोर्ट, नयाँ रेसिङ लाइनिङ, ड्युल स्प्रिङ सस्पेन्सन, डिजिटल स्पिडोमिटर, रोपेटल डिस्क ब्रेक, एलईडी टेललाइट र स्टाइलिस ट्याङ्क डिजाइन जस्ता महत्वपूर्ण विशेषताहरू समावेश गरिएका छन्, जसले यसलाई अझ आकर्षक बनाएको छ।

मेलाको अवधिभर साटिने सवारीका लागि न्यूनतम ३० हजार मूल्याङ्कन प्रदान गरिनेछ। ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा उच्चतम मूल्याङ्कन सुनिश्चित गरिनेछ। ८ हजार सम्मको नगद छुट, थप मूल्याङ्कन सुविधाहरूका साथै शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने व्यवस्था पनि उपलब्ध गराइएको छ (नियम तथा सर्त लागू हुने)। नयाँ सवारी खरिद गर्ने ग्राहकहरूलाई हेल्मेट, झोला, बाइक कभर र रेनकोट जस्ता आवश्यक एसेसरिज निःशुल्क प्रदान गरिनेछ।

मेलामा टीभीएसका विभिन्न सेग्मेन्टका मोडलहरू प्रदर्शित छन्। प्रिमियम सेग्मेन्टमा टीभीएस रोनिन र टीभीएस अपाचे सिरिजका बाइकहरु समावेश छन्। कम्युटर सेग्मेन्टमा टीभीएस रेडर, टीभीएस रेडियन र टीभीएस स्ट्राइकर १२५ प्रस्तुत गरिनेछ। स्कुटर सेग्मेन्टमा लोकप्रिय टीभीएस एनटर्क देख्न सकिनेछ भने, इलेक्ट्रिक सेग्मेन्टमा पूर्णरूपमा विद्युतीय टीभीएस आईक्युब इलेक्ट्रिक समेत अवलोकन गर्न सकिनेछ। यी मोडलहरू विभिन्न प्रयोगकर्ता आवश्यकतालाई ध्यानमा राखी प्रस्तुत गरिनेछन्।

रमाइलो कार्यक्रमको रुपमा, आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, वातानुकूलित प्रदर्शनी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो परिकारहरूको फुड स्टल र बालबालिकाका लागि खेलकुद, चित्र कोर्ने अवसर, र रमाइलो गतिविधिहरू रहेको विशेष बालमैत्री क्षेत्रको अनुभव लिन सकिनेछ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरणमा पूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ।

सवारी अद्यावधिक गर्न चाहने, नयाँ टीभीएस मोडेलबारे बुझ्न इच्छुक, वा केवल रमाइलो अनुभव लिन चाहने सबैजनालाई टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेलामा सहभागी हुन कम्पनीले आमन्त्रण गरेकाे छ ।

सम्बन्धित समाचारहरू

टीभीएस आइक्युब एसको नयाँ संस्करण लन्च

टीभीएस आइक्युब एसको नयाँ संस्करण लन्च

टीभीएसले भारतीय बजारमा इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युब एसको नयाँ भर्सन...

१२५ सीसी क्षमताका ४ उत्कृष्ट बाइक : पावर, फिचर्स र मूल्यमा यस्तो छ भिन्नता

१२५ सीसी क्षमताका ४ उत्कृष्ट बाइक : पावर, फिचर्स र मूल्यमा यस्तो छ भिन्नता

नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ...

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...