आज देखि ट्याक्सीमा नयाँ भाडादर : यस्तो हुनेछ नयाँ दर

काठमाडौँ — वाग्मती प्रदेशमा आज देखि ट्याक्सीमा नयाँ भाडादर कार्यान्वयन प्रारम्भ भएको छ । वाग्मती प्रदेशले वैशाख १ देखि लागू हुने गरी भाडा समायोजन गरे पनि आजदेखि मात्र ट्याक्सीको मिटरमा भाडा समायोजन प्रारम्भ गरेको हो ।

आजदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गर्ने गरी तयारी भएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले जनाएको छ  । सबै ट्याक्सीको मिटरमा भाडा समायोजन गर्न एक महिनाभन्दा बढी लाग्न सक्ने र त्यतिन्जेलका लागि ट्याक्सीमा यात्रुले देख्ने गरी एउटा चार्ट राखिने छ । यसमा पुरानो भाडा दर, मिटरमा देखिने साविकको भाडा दर र यात्रुले तिर्नुपर्ने नयाँ भाडा दर हुनेछ ।

एक किलोमिटरको हकमा मिटरमा साविकको भाडा ५३ रुपैयाँ भएकोमा अब यात्रुले नयाँ भाडा दरअनुसार एक सय रुपैयाँ तिर्नुपर्नेछ । उक्त चार्टमा बिहान ६ देखि बेलुका ९ बजेसम्म र बेलुका ९ देखि बिहान ६ बजेसम्म कति किमि यात्रा गर्दा मिटरमा साविकको भाडा दरअनुसार कति देखाउँछ र नयाँ भाडा दरअनुसार यात्रुले कति तिर्नुपर्ने हो, दुवै उल्लेख गरिएको हुन्छ ।

वाग्मती प्रदेश सरकारले चैत २४ मा वैशाख १ देखि लागू हुने गरी पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको हकमा सुरुवाती कल (फ्ल्याग डाउन) ५० रुपैयाँ, प्रति २ सय मिटरमा १० रुपैयाँ, प्रतीक्षा शुल्क (वेटिङ चार्ज) को विषयमा प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतीक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरेको छ । यस्तै बेलुका ९ देखि बिहान ४ बजेसम्म सञ्चालन हुने रात्रिकालीन समयका लागि सुरु फ्ल्याग डाउनलाई यथावत् राखी प्रति २ सय मिटरमा १५ रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

ट्राफिक कारबाहीमा राजस्व संकलन प्राथमिकताः असारमा मात्र चालकले तिरे १२ करोड भन्दा बढी

ट्राफिक कारबाहीमा राजस्व संकलन प्राथमिकताः असारमा मात्र चालकले तिरे १२ करोड भन्दा बढी

काठमाडौं – नेपाल प्रहरीले असार महिनामा ट्राफिक नियम उल्लंघन विरुद्धको...

पिकअपमा सिट जडान विवादबारे उच्च अदालत पाटनले दियो कारण देखाउ आदेश

पिकअपमा सिट जडान विवादबारे उच्च अदालत पाटनले दियो कारण देखाउ आदेश

काठमाडौं–सर्वसाधारण चढ्ने पिकअप गाडीमा थपिएका सिट हटाउन कडाई गर्ने तर...

नारायणगढ–मुग्लिन सडकः पहिरोको हिसाबले १७ ठाउँ उच्च जोखिममा

नारायणगढ–मुग्लिन सडकः पहिरोको हिसाबले १७ ठाउँ उच्च जोखिममा

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...