महाराजगन्जमा खुल्यो टाटाको नयाँ सोरुम

काठमाडौं – काठमाडौंको महारजगन्जमा टाटा मोटर्सको नयाँ सोरुम वेस्टर्न मोटर्स खुलेको छ । एक कार्यक्रमका बीच टाटा मोटर्सका प्यासेन्जर भेइकलतर्फका इन्टरनेसनल बिजनेस हेड मायांक बाल्डी र सिप्रदी कम्पनिजका सीईओ राजनबाबु श्रेष्ठले सोरुम शुभारम्भ गरे ।

नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनीको डिलरको रुपमा वेस्टर्न मोटर्सले कार्य गर्नेछ ।

सो अवसरमा उनीहरुले टाटा मोटर्सले बिक्री र बिक्री पछिको सेवाका लागि देशभर सोरुम विस्तार गरिरहेको र आगामी दिनमा ग्राहक सेवामा अझै ध्यान केन्द्रीत गर्ने बताए ।

वेस्टर्न मोटर्सका म्यानेजिङ डाइरेक्टर खगेन्द्र सिंह बमले टाटा मोटर्सका गुणस्तरीय गाडीहरु ग्राहकलाई उपलब्ध गराउने प्रतिवद्धता स्वरुप सोरुम स्थापना गरिने बताए ।

टाटाले हिजो मात्रै नेपाली बजारमा बीएस६ रेन्जका नयाँ गाडीहरु लन्च गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...