बाइक वा गाडी चलाउदा अनिवार्य बन्दै मास्क : तर गुणस्तरीयमा ध्यान दिनु आवश्यक
सामान्य अवस्थामा समेत मुखमा लगाइने मास्क अब भने सवारी साधन चलाउनका लागि...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ८ गते मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचनको घोषणा गरेपछि विपक्षी दलहरुले त्यसको बिरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।
यससँगै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । गृहमन्त्रालयले आन्तरीक सर्कुलर गर्दै आन्दोलन र भीडभाड हुन नदिन निर्देशन गरेको छ । सोही बमोजिम आजबाट सडकमा हिँडडुल गर्न अनावस्यक सवारी साधन चल्न नदिन थप कडाई शुरु गरिएको छ ।
गृह मन्त्रालयले यो अवस्थामा हालै जारी भएको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको बताइएको छ ।
निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था गरिएको छ । सोही अनुसार कार्यान्वयन गर्न मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
अध्यादेश बमोजिम दिइएको आदेश उल्लंघन गरे प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गर्न सक्नेछन् । व्यक्तिले उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, संस्थाले उल्लंघन गरेमा पाँच लाखसम्म जरिवाना गर्न गरिने व्यवस्था गरिएको छ ।
मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकैपिच्छे एक सय, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमतिबिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार, अन्य सवारीलाई पाँच हजार रुपैयाँ प्रहरीले जरिवाना गर्न सक्ने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...