नयाँ स्विफ्टलाई जापान एनक्यापमा ४ स्टार सेफ्टि रेटिङ

काठमाडौं– चौथो पुस्ताको सुजुकी स्विफ्टलाई जापान एनक्यापले ४–स्टार सेफ्टी रेटिङ प्रदान गरेको छ । यो प्रतिवेदन भारतमा नयाँ स्विफ्ट लन्च हुनुभन्दा केही साता अगाडि सार्वजनिक गरिएको हो ।

उक्त परीक्षणमा, नयाँ स्विफ्टले १९७ मध्ये १७७.८ अंक प्राप्त गरेको हो । जापानी बजारमा बिक्री हुने टप स्पेक स्विफ्टमा एडिएएस, एडप्टिभ क्रूज कन्ट्रोल, अटोनोमस इमर्जेन्सि ब्रेकिङ र लेन डिपार्चर प्रिभेन्सन लगायत फिचर उपलब्ध छ ।

नयाँ स्विफ्टले अकुपेन्ट प्रोटेक्सनका लागि १०० मध्ये ८१.१ अंक प्राप्त गरेको छ । कारलाई ५५ किलोमिटर प्रतिघन्टाको गतिमा पूर्ण फ्रन्टल परीक्षण, ६४ किमीलोमिटर प्रतिघन्टाको गतिमा फ्रन्टल अफसेट परीक्षण, ५५ किलोमिटर प्रतिघन्टाको गतिमा साइड इम्पेक्ट टेस्ट र पछाडिको टक्कर परीक्षण गरिएको थियो ।

कारले पैदल यात्रुको टाउकोको सुरक्षाका लागि ४ मध्ये २.७ अंक, यात्रुको सिट बेल्ट रिमाइन्डरका लागि ३.६ अंकमा २.८ अंक प्राप्त ग¥यो र पैदल यात्रुको खुट्टाको सुरक्षा र यसको आपतकालीन कल प्रणालीका लागि पूर्ण स्कोर प्राप्त गरेको हो ।

सम्बन्धित समाचारहरू

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...

इलेक्ट्रिक अवतारमा लन्च हुँदै वागन आर

इलेक्ट्रिक अवतारमा लन्च हुँदै वागन आर

एक वर्षको अन्तरालपछि मारुती सुजुकी वागन आर इलेक्ट्रिक कार परीक्षणको...

सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

मारुती सुजुकीले नयाँ डिजायर सार्वजनिक गरेको छ । ग्लोबल एनक्यापले हालै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...