३५ बर्षअघि निर्यात थालेको मारुती सुजकीले २०२१ मा निर्यात गर्यो सबैभन्दा बढी कार
बर्ष २०२१ मा मारुती सुजुकीले हालसम्मकै सबैभन्दा बढी कार निर्यात गरेको छ ।...
मारुती सुजुकीले हालै लन्च भएको नयाँ स्विफ्ट ग्राहकलाई दिन थालेको छ । चौथो जेनेरेशन स्विफ्टलाई सुजुकीले ५ भेरिएन्टमा ल्याएको थियो । नयाँ स्विफ्टमा ग्राहकको आकर्षण अत्याधिक रहेको कम्पनीले जनाएको छ ।
सुरुवाती मूल्य ६ लाख ४९ हजार भारु निर्धारण गरिएको उक्त कार पुरानो स्विफ्टभन्दा २५ हजार भारु महंगो भएर आएको हो । टप स्पेक भेरिएन्टको मूल्य भने ९ लाख ५० हजार भारु तोकिएको छ ।
भारतमा डेलिभरी समेत सुरु भइसकेको नयाँ स्विफ्ट अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ । संभवत बजेटपछि यो नयाँ कार नेपाल आउने अनुमान गर्न सकिन्छ ।
यस्तो छ नयाँ स्विफ्ट
चौथो पुस्ताको स्विफ्टलाई सुजुकीले २०२३ को जापान मोबिलिटी शोमा विश्वव्यापी रूपमा डेब्यू गरेको थियो । भारत–विशेष कार अलि फरक रहेको छ । यसमा अगाडि र पछाडि फरक फरक बम्पर, ब्ल्याक आउट सी–पिलर, एलईडी हेडलाइट, एलईडी फग ल्याम्प र बुट लिडमा माउन्ट गरिएको रिभर्स क्यामेरा दिइएको छ ।
नयाँ स्विफ्टमा नयाँ जेड सिरिज १।२–लिटर ३–सिलिन्डर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर ८२ एचपी र टर्क ११२ एनएम छ । कारले एक लिटर पेट्रोलको खपतमा २५।७५ किलोमिटर माइलेज दिने दावी छ । नयाँ कार ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी अप्सनमा उपलब्ध हुनेछ ।
पुरानो मोडलको तुलनामा निकै नै प्रिमियम बनेर आएको यसको टप स्पेक भेरिएन्टमा ९ इन्चको फ्लोटिङ टचस्क्रिन, अर्कामिज साउन्ड सिस्टम, वायरलेस फोन चार्जर, रियर एसी भेन्ट, एलइडी फग ल्याम्प, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर क्यामेरा र वायरलेस एन्ड्रोइट अटो एण्ड एप्पल कार प्ले लगायत प्रिमियम फिचर राखिएको छ ।
सुरक्षका लागी कारमा ६ वटा एयरब्याग, एबीएस सहित ईबीडी र ईएसपी, रियर पार्किङ सेन्सर र हिल स्टार्ट एसिस्ट लगायत फिचर दिइएको छ ।
बर्ष २०२१ मा मारुती सुजुकीले हालसम्मकै सबैभन्दा बढी कार निर्यात गरेको छ ।...
मारुती सुजुकीले आफ्नो सबैभन्दा सानो र सस्तो ह्याचब्याक अल्टोलाई थप...
एसयूभी वा एमपीभी कारमा जस्तै अन्य कुनै पनि कारमा राम्रो ग्राउन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...