ई२० इन्धनका कारण गाडीमा क्षति, सुजुकीलाई ग्रान्ड भिटारा साट्न वा पुरै मुल्य फिर्ता गर्न अदालतको आदेश
काठमाडौँ–छिमेकी मुलुक भारतमा इथानोल मिसिएको पेट्रोल (ई२० फ्युल) का कारण...
मारुती सुजुकीको नयाँ स्विफ्ट भारतमा लन्च भएको छ । चौथो जेनेरेशन स्विफ्टलाई सुजुकीले ५ भेरिएन्टमा ल्याएको हो । जसको सुरवाती मूल्य ६ लाख ४९ हजार भारु निर्धारण गरिएको छ । जुन पुरानो स्विफ्टभन्दा २५ हजार भारु बढी हो । टप स्पेक भेरिएन्टको मूल्य भने ९ लाख ५० हजार भारु तोकिएको छ ।
चौथो पुस्ताको स्विफ्टलाई सुजुकीले २०२३ को जापान मोबिलिटी शोमा विश्वव्यापी रूपमा डेब्यू गरेको थियो । भारत–विशेष कार अलि फरक रहेको छ । यसमा अगाडि र पछाडि फरक फरक बम्पर, ब्ल्याक आउट सी–पिलर, एलईडी हेडलाइट, एलईडी फग ल्याम्प र बुट लिडमा माउन्ट गरिएको रिभर्स क्यामेरा दिइएको छ ।
नयाँ स्विफ्टमा नयाँ जेड सिरिज १.२–लिटर ३–सिलिन्डर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर ८२ एचपी र टर्क ११२ एनएम छ । कारले एक लिटर पेट्रोलको खपतमा २५.७५ किलोमिटर माइलेज दिने दावी छ । नयाँ कार ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी अप्सनमा उपलब्ध हुनेछ ।
पुरानो मोडलको तुलनामा निकै नै प्रिमियम बनेर आएको यसको टप स्पेक भेरिएन्टमा ९ इन्चको फ्लोटिङ टचस्क्रिन, अर्कामिज साउन्ड सिस्टम, वायरलेस फोन चार्जर, रियर एसी भेन्ट, एलइडी फग ल्याम्प, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर क्यामेरा र वायरलेस एन्ड्रोइट अटो एण्ड एप्पल कार प्ले लगायत प्रिमियम फिचर राखिएको छ ।
सुरक्षका लागी कारमा ६ वटा एयरब्याग, एबीएस सहित ईबीडी र ईएसपी, रियर पार्किङ सेन्सर र हिल स्टार्ट एसिस्ट लगायत फिचर दिइ एको छ । कारमा अपेक्षा गरिएअनुसार ३६० डिग्री क्यामेरा र एडिएएस लगायत फिचर भने उपलब्ध गराइएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...