नेपाली बजारमा आयो सुजुकीको न्यु इग्निस फेसलिफ्ट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्टजेनले न्यु इग्निसको फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । न्यु इग्निसले शानदार अग्रभागयुक्त एसयूभी डिजाइन, फराकिलो र जबरजस्त पछिल्लो भाग तथा उच्च सिटिङ अवस्थिति प्रदर्शन गर्दछ । यसमा थपिएका एसयूभी विशेषतामा आकर्षक स्पोइलर र रुफ रेल समावेश छन् ।

जबरजस्त डिजाइन, उच्च सिटिङ अवस्थिति र उच्च ग्राउन्ड क्लियरेन्सको संयोजनले न्यु इग्निसलाई एउटा परिपूर्ण कम्प्याक्ट अर्बन एसयूभी बनाएको छ । यसमा थपिएका सुखद विशेषतामा आरामदायी र फराकिलो भित्री भाग, हालसालै विकसित सुरक्षा विशेषता, यस वर्गका कारहरुमै अब्बल ड्राइभिङ सामथ्र्य र गतिशीलता हो । न्यु इग्निसमा १.२ लिटर बिएस६ कम्प्लाएन्ट पेट्रोल इन्जिन छ, जसले सजिलो तथा आरामदायी ड्राइभिङ अनुभूति प्रदान गर्दछ ।

पूरै नयाँ बाहिरी भाग
न्यु इग्निसको विशिष्ट डिजाइनलाई एसयूभी डिजाइनका तत्वहरु समावेश गरेर सशक्त बनाइएको छ । अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले यसलाई स्थिरस्वरुप दिएको छ । उच्च सिटिङ पोजिसन, जबरजस्त र फराकिलो आकारसहितको पछिल्लो फेसिया, रुफ रेल र स्पोइलरले यसको एसयूभी विशेषतालाई अझै माथि उकासेका छन् । भव्य डिआरएलएसबाट सुसज्जित प्रभावकारी तथा व्यवस्थित एलइडी प्रोजेक्टर हेडल्याम्पले न्यु इग्निसमा देखिने भव्यतालाई अझ बढी प्रस्ट पारेको छ ।

फराकिलो र आरामदायी भित्री भाग (इन्टेरियर)
न्यु इग्निसको फराकिलो क्याबिनमा विशिष्ट ड्युअल टोन आइभोरी इन्टेरियर सिट फेब्रिक तथा नयाँ आधुनिक ढाँचा देख्न पाइन्छ । ड्यासबोर्डको विशिष्ट लिनियर डिजाइनले क्याबिनमा प्रशस्त खुला ठाउँको अनुभूति दिलाउँछ । सिग्नेचर नेक्साको निलो रङसँग पंक्तिबद्ध हुँदै ब्लु हाइलाइटले यसको केन्द्रीय ढाँचालाई सजाएको छ । न्यु इग्निसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो छ ।

इन्जिन तथा ट्रान्समिसन
न्यु इग्निसमा बिएस६ कम्प्लायन्ट १.२ लिटर भिभिटी पेट्रोल इन्जिन छ, जसले जोशिलो कार्यसम्पादन सुनिश्चित गर्दछ । यो आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने गरी पूर्ण रुपमा सुधार गरिएको इन्जिन हो ।

सुपेरियर सेफ्टी
नयाँ इग्निसमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । नयाँ इग्निसको सबै भेरिएन्टमा ड्युअल एअरब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ट, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ ।

हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ इग्निसमा फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रियल रेगुलेसनमा आधारित छ ।

मूल्य
नयाँ इग्निस विभिन्न ३ भेरिएन्टमा उपलब्ध छ । इग्निस डेल्टाको मूल्य ३१ लाख ४९ हजार, इग्निस जेटाको मूल्य ३४ लाख ४९ हजार र इग्निस अल्फाको मूल्य ३७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...