सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

स्कोडा गाडीको नेपालका लागी आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले सितापाइलामा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । आज एक कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टको औपचारिक उद्घाटन गरिएको हो ।

१५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो सर्भिस सेन्टरमा अत्याधुनिक उपकरण जडान गरिएको छ । सर्भिस सेन्टरमा काम गर्ने टेक्निसियन दक्ष तथा अनुभबी रहेको कम्पनीेले बताएको छ । वर्कशपमा १२ वटा अत्याधुनिक वे, ह्विल अलाइन्मेन्ट तथा व्यालेन्सर, पेन्टवुथ र डाइग्नोसिस उपकरण राखिएको छ । यी मध्ये अधिकांश उपकरण एटिएस एल्गी ब्रान्डका हुन् । युरोपियन ब्रान्डको स्कोडा गाडी प्रयोग गर्ने ग्राहकलाई प्रिमियम स्तरको सर्भिसिङ उपलब्ध गराउन कुनै कन्जुस्याई नगरिएको कम्पनीको भनाई छ ।

तत्कालका लागी दैनिक २० भन्दा बढी गाडीलाई सेवा दिन सक्ने गरी सर्भिसि सेन्टरको पूर्बाधार निर्माण गरिएको र आवश्यकता अनुसार ४० वटा सम्म गाडीको सर्भिसिङ गर्ने गरी पूर्बाधार बिस्तार गर्न सकिने कम्पनीका निर्देशक रौनक अग्रवालले बताए । उनले भने, ‘प्रिमियम ब्रान्डका रुपमा परिचित स्कोडा गाडी प्रयोग गर्ने ग्राहकलाई छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन हामीले सर्भिस सेन्टरलाई समेत प्रिमियम स्तरको बनाएका छौ । यो सर्भिस सेन्टर संचालनमा आएसंगै ग्राहकले अझै परिस्कृत सेवा पाउनेछन् ।’ सर्भिस सेन्टरसंगै कम्पनीले स्पेयर पार्टस्को समेत पर्याप्त स्टक राखेको छ ।

गाडीमा के–कस्ता समस्या छन् भनेर चेक गर्न सर्भिस सेन्टरभित्रै टेष्ट ट्र्याक समेत निर्माण गरिएको छ । विशेष प्रकारले निर्माण गरिएको सो ट्र्याकमा गाडी चलाउँदा गाडीभित्र के–कस्ता समस्या छन् भनेर सहजै पत्ता लगाउन सकिने र सोही अनुरुप मर्मतसम्भार गर्न सहज हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

स्कोडाको ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स’, यसरी लिन सकिन्छ स्कोडा कुशाक

स्कोडाको ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स’, यसरी लिन सकिन्छ स्कोडा कुशाक

काठमाडौं – नेपालको लागि एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले ‘कम्प्लिट पिस...

१ करोड ४० लाख सम्म पर्ने जिपको एक्सचेन्ज इभेन्ट सुरु, ७० प्रतिशत फाइनान्स र १२ प्रतिशत ब्याजदर

१ करोड ४० लाख सम्म पर्ने जिपको एक्सचेन्ज इभेन्ट सुरु, ७० प्रतिशत फाइनान्स र १२ प्रतिशत ब्याजदर

काठमाडौं – नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो...

स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने

स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने

स्कोडा अटोले आज नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...