कलंकीमा खुल्यो निसान ड्याटसनको नयाँ सोरुम

काठमाडौं – नेपालमा निसान र ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले कलंकीमा नयाँ सोरुमको शुभारम्भ गरेको छ ।

काठमाडौं र ललितपुरका लागि निसान र ड्याटसनको एक्सक्लुसिभ डिलर रहेको मेगा मोटर्सले उक्त सोरुम संचालन गर्नेछ । मेगा मोटर्सले यो भन्दा पहिले महाराजगञ्ज र बालकुमारीमा सोरुम संचालन गरिरहेको छ । अब कलंकीमा मेगा मोटर्सको तेस्रो सोरुम हो ।

सोरुम शुभारम्भको अवसरमा पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले आफ्ना ग्राहकहरुसँग नजिकिनका लागि ग्राहकमैत्री रणनीतिका साथ अगाडि बढ्ने र कम्पनीको क्रियाशीलतालाई थप अभिवृद्धि गर्नका लागि कलंकीको नयाँ सोरुमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

काठमाडौं उपत्यकामा निसान र ड्याटसन ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्नका लागि उक्त डिलर स्थापना गरिएको कम्पनीको भनाइ छ ।

उक्त सोरुममार्फत ग्राहकले हालै नेपाली बजारमा उपलब्ध नयाँ लोगोसहितको ‘बिग, बोल्ड, ब्युटिफुल’ निसान म्याग्नाइट समेत अवलोकन र टेस्ट ड्राइभ गर्न सक्ने छन् ।

मेगा मोटर्स युवा व्यवसायी महेश पालद्वारा संचालित सोरुम हो । कलंकीमा अवस्थित सोरुममार्फत थप ग्राहकमैत्री वातावरणका साथ ग्राहकको सेवामा समर्पित हुने उनले प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचारहरू

निशानमा आफ्नो हिस्सा कम गर्दै रेनो, इभीको विकासमा केन्द्रित हुने तयारी

निशानमा आफ्नो हिस्सा कम गर्दै रेनो, इभीको विकासमा केन्द्रित हुने तयारी

फ्रेन्च अटो निर्माता रेनोले निशानमा लगानी गरेको आफ्नो सेयर हिस्सालाई...

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर...

७४ दिनमै नेपालका सडकमा ५७८ निसान म्याग्नाइट

७४ दिनमै नेपालका सडकमा ५७८ निसान म्याग्नाइट

काठमाडौं – नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...