बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाल टेलिकमले मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सार्वजनकि गरेको छ । कम्पनीले सवारी साधन ट्र्याक गर्न सकिने गरी यो नयाँ सेवा ल्याएको हो ।
नेपाल टेलिकमको सत्रौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो सेवा शुभारम्भ भएको बताए । प्रबन्ध निर्देशक अधिकारीका अनुसार यो सेवाबाट व्यावसायिक उपकरणहरुबीच डाटा आदानप्रदान गर्न सकिनेछ । जसमार्फत सवारीसाधन लगायतका उपकरणहरुको लोकेसन अपडेट गर्ने, लजिस्टिक म्यानेजमेन्ट गर्ने लगायतका कार्यहरु गर्न सकिनेछ ।
व्यावसायिक उपकरणहरु बीच डाटा आदानप्रदान गरी सवारी साधनको लोकेसन अपडेट गर्ने र लजिस्टिक म्यानेजमेन्ट गर्ने प्रचलन विश्वव्यापी रुपमा बढिरहेको छ । यो नेपालमा समेत उपयोगी हुने अपेक्षा टेलिकमले गरेको छ । यो सेवा विभिन्न व्यवसाय तथा कार्यालयहरुका लागि उपयोगी हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...