ड्राइभिङ लाइसेन्स सम्बन्धी कार्यविधि निर्देशिका जारी, यस्ता छन् विभिन्न नयाँ व्यवस्था

काठमाडौं – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गर्न अब यातायात व्यवस्था कार्यालय नगएर बाहिरकै सूचीकृत चिकित्सकसँग समेत गर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

सवारी चालक अनुमति पत्रका लागि सञ्चालनमा रहेको अनलाइन ड्राइभिङ लाइसेन्स आवेदन दर्ता प्रणालीलाई थप परिमार्जन एवं स्तरोन्नति गरी अन्य विभिन्न कार्य समेत सहजताका लागि यो कार्यविधि निर्देशिका जारी गरिएको छ ।

यस अनुसार विभिन्न प्रक्रियाको वारेमा यसमा स्पष्ट गरिएको छ । नयाँ लाइसेन्स लिदा वा नवीकरण गर्दा र अन्य विभिन्न विवरण थप गर्दा मेडिकल चेकजाँचको ‘म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने र ‘म कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प देखा पर्छ । त्यसमध्ये एउटा विकल्प छनौट गर्नुपर्छ ।

प्रदेशले कार्यालय बाहिर रहेर सेवा दिने चिकित्सक सूचीकृत नगरेसम्मका लागि कार्यालयमा नै गई मेडिकल जाँच गर्ने विकल्प मात्र उपलब्ध हुनेछ । तर पछि सूचीकृत गरे पश्चात यो सुविधा उपलब्ध हुनेछ ।

निर्देशिका सम्बन्धी विस्तृत जानकारी यो लिंकबाट लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न आह्वान गरेको टेन्डर प्राविधिक त्रृटि देखाउदै रद्ध

स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न आह्वान गरेको टेन्डर प्राविधिक त्रृटि देखाउदै रद्ध

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न...

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

काठमाडौं– एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र...

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...