नाइमा एक्सपोमा रोयल इन्फिल्डप्रति बाइकर्सको चासो
काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...
नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० भारतमा लन्च गरिएको छ । बाइकमा पहिलेको भन्दा ठुलो इन्जिन, नयाँ डिजाइन, हेडलाइट र इन्स्ट्रयुमेन्ट कन्सोल जडान गरिएको छ । यसका साथै बाइकमा अन्य धेरै परिवर्तन पनि गरिएको छ ।
रोयल इन्फिल्ड स्क्राम ४४० ट्रेल र फोर्स गरी दुई भेरिएन्टमा ल्याइएको छ। यसको ट्रेल भेरिएन्टमा स्पोक ह्विल र ट्युब टायर दिइएको छ भने फोर्स भेरिएन्टमा अलोय ह्विल र ट्युबलेस टायर प्रयोग गरिएको छ । सो बाइक कुल ५ कलरमा लन्च गरिएको छ । भारतीय बजारमा नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० ले नयाँ ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स र येज्दी स्क्रयाम्बलरसँग प्रतिस्पर्धा गर्नेछ ।
नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० को साइज रोयल इन्फिल्ड स्क्राम ४११ जस्तै छ। यसमा नयाँ एलईडी हेडलाइट, ठुलो इन्धन ट्याङ्की, नयाँ सिट र ट्वीक गरिएको टेल सेक्शन पनि छ ।
बाइकमा ४४३ सीसी, एयर र आयल कुल्ड, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले २५.४ पीएस पावर र ३४ एनएम टर्क उत्पन्न गर्छ । यसको इन्जिन ६ स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।
फिचरका लागि स्क्राम ४४० मा नयाँ एलईडी हेडलाइट, नयाँ इन्स्ट्रयुमेन्ट कन्सोल, नयाँ सिंगल पिस सिट, यूएसबी चार्ज पोर्ट, ट्रिपर नेभिगेसन पोड र राउन्ड रियर भ्यू मिरर उपलब्ध छ ।
नयाँ स्क्राम ४४०मा १९० एमएम ह्विल ट्राभलको साथ ४१ एमएमको टेलिस्कोपिक फोर्क र १८० एमएम ह्विल ट्राभलको साथ मोनोशक सस्पेन्सन दिइएको छ । यसको अगाडि ३०० एमएम डिस्क ब्रेक र पछाडि २४० एमएम डिस्क ब्रेक छ। यसमा ड्युअल च्यानल एबीएस पनि दिइएको छ । बाइकमा १९ इन्चको फ्रन्ट र १७ इन्च रियर ह्विल दिइएको छ जसमा अगाडि १०० सेक्शन र पछाडि १२० सेक्शन ब्लक प्याटर्न टायर प्रयोग गरिएको छ । यसको इन्धन ट्याङ्कीको क्षमता १५ लिटर छ ।
काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...
इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। यही...
काठमाडौं–मध्यम आकारको मोटरसाइकल(२५० सीसी–७५० सीसी) उत्पादनमा विश्व्यापी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...