नयाँ राइड सेयरिङ प्लेटफर्म जुमजुम सञ्चालनमा, शुरुमा चालक र यात्रु दुवैलाई धेरै सुविधा

काठमाडौं – नयाँ राइड सेयरिङ प्लेटफर्म “जुमजुम” औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल मोबिलिटी सोलुन्सन्सले सञ्चालन गरेको उक्त प्लेटफर्म ग्राहकहरूको सहज र सुबिधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ प्रस्तुत भएको बताइएको छ ।

नेपाली कम्पनी एफवान सफ्ट ग्रुपका विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिकमीद्वारा विकसित एप जुमजुमले नेपालको यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्षा राखेको बताइएको छ ।

एफवान सफ्ट ग्रुपका सीईओ सुबाश शर्माले आफ्नो उत्साह व्यक्त गर्दै एफवान सफ्टल सँधै डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको र नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको बताए । उनले जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा सो इकोसिस्टममा समावेश गर्ने बताए ।

  • ईसेवामार्फत सजिलो भुक्तनीः जुमजुममा ईसेवा डिजिटल वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ । साथै चालकहरूले ईसेवामार्फत तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्छन् ।
  • मल्टिपल बुकिङः जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सुव्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्छन् ।
  • गुगल म्यापः जुमजुमसँग आफ्नो सही गन्तव्य सुनिश्चित गर्न सकिन्छ । गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथ कुशल मार्ग योजना र प्रयोगकर्ता अनुभव गर्न सकिने छ ।
  • बुक फर अ फ्रेन्डः जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्छन् ।
  • बिमा कभरेजः बिमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि ५ लाख रुपैयाँ सम्मको बिमा प्रदान गर्दछ ।

प्रयोगकर्तामैंत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्रयाकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट–रहित यात्राको अनुभव सुनिश्चित गर्दछ। जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरुको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू समर्थन गर्ने, डाइरेक्सनल हायर जस्ता सुविधाहरू मार्फत चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमति दिने र एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्ने बताएको छ ।

जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले एक हजार रुपैयाँ ज्वाइनिङ बोनस सहित आकर्षक बोनसहरूबाट लाभ उठाउँन सक्छन् । प्रारम्भिक दुई हप्ताको लागि कमिसन नचाहिने र अन्य विभिन्न सुविधा समेत उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले जुमजुमले नेपालको यातायातको परिदृश्यमा क्रान्ति ल्याइरहेको मात्रै नभएर रोजगारीका अवसरहरू सिर्जना गरी नेपाली अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने बताए ।

जुमजुम डाउनलोड गर्नका लागि चालकले यो लिंक र यात्रुले यो लिंक क्लिक गरी आवश्यक कार्य गर्न सकिन्छ । त्यसैगरी जुमजुम र जुमजुमको सुविधाहरू बारे थप जानकारीको लागि यो लिंकमा क्लिक गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्ष २०८१ मा यसरी बनौ सडक सुरक्षाप्रति प्रतिबद्ध

नयाँ वर्ष २०८१ मा यसरी बनौ सडक सुरक्षाप्रति प्रतिबद्ध

नयाँ वर्षको पहिलो दिन मीठो खाएमा वा राम्रो ठाउँ घुमेमा वर्षभरको अवधि पनि...

नयाँ बसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

नयाँ बसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

काठमाडौं – देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँ...

दशैं मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार यात्रु

दशैं मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार यात्रु

काठमाडौं – मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...