४९० किलोमिटर रेन्ज दिने रेट्रो डिजाइनको नयाँ इलेक्ट्रिक कार आउने

इलेक्ट्रिक भेइकल स्टार्टअप कम्पनी ओलम्पियन मोटर्सले रेट्रो डिजाइनको नयाँ इलेक्ट्रिक कार ल्याउने भएको छ । कम्पनीले यो कारमा पछिल्लो प्रविधीमा आधारित इलेक्ट्रिक टेक्नोलोजीलाई प्रयोगमा ल्याउने भएको छ । सोहि क्रममा कम्प्नीले क्लासिक लुक्समा आधारित पहिलो मोडल ओ१ को भिडियो टिजर समेत सार्बजनिक गरिसकेको छ ।

यो इलेक्ट्रिक कारमा ८२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिनेछ र यसलाई एकपटक फूल चार्ज गरेपछि ४९० किलोमिटर रेन्ज प्राप्त गर्न सकिने दावी गरिएको छ । रियर ह्विल ड्राइभको यो कारलाई २५७ किलोमिटर प्रतिघन्टाको उच्चतम गतीमा हाँक्न सकिनेछ ।

टाइटानियम र मिलिटरी ग्रेडको कार्वन फाइवर प्यानलको प्रयोग गरी निर्माण गरिने यो कारमा ९ वटा एयर व्याग उपलब्ध हुने जनाइएको छ । सामान्य दुर्घटना पर्दा समेत सिसालाई कुनै असर नपरोस भनेर यसको ग्लास क्यानोपी र झ्यललाई लेमिनेट गरिएको छ । ‘ओल्ड स्कुल’ स्टाइललाई प्रतिविम्वित गर्न यो कारमा इन्फोटेन्मेन्ट सिस्टम अर्थात डिजिट क्लस्टर भने उपलव्ध गराइएको छैन । इन्फोटेन्मेन्ट लगायत अन्य फिचर्स प्रयोग गर्न यसको विन्डसिल्डमा ‘हेड अप डिस्प्ले’ दिइएको छ । भ्वाइस कमान्ड मार्फत नै सम्पूर्ण फिचर्स प्रयोग गर्न सकिने यो अत्याधुनिक सुविधायुक्त कारमा ८० प्रतिशतभन्दा बढी स्विचहरु हटाइएको छ ।

यो नयाँ कारको उत्पादन कहिलेदेखी प्रारम्भ हुन्छ भन्ने विषयमा कुनै जानकारी नदिइएपनि यसको वुकिङ भने खुल्ला गरिएको छ । १ लाख डलर मूल्य पर्ने यो कारलाई ग्राहकले ५ सय डलर भुक्तानी गरेर बुकिङ लिनसक्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचारहरू

अब स्काईवेल एक्सचेन्ज अफर : अपग्रेड टु स्काईवेल, ड्राइभ लक्जरी ईभी एसयूभी

अब स्काईवेल एक्सचेन्ज अफर : अपग्रेड टु स्काईवेल, ड्राइभ लक्जरी ईभी एसयूभी

काठमाडौं – देशभर इलेक्ट्रिक गाडीमा एक्सचेन्ज अफर चलिरहेको समयमा अब...

वुलिङले ल्यायो सस्तो मूल्यमा आकर्षक इलेक्ट्रिक सिटी कार

वुलिङले ल्यायो सस्तो मूल्यमा आकर्षक इलेक्ट्रिक सिटी कार

वुलिङले नयाँ इलेक्ट्रिक सिटी कार वींगोलाई लन्च गरेको छ । यो नयाँ...

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...