आधुनिक प्रविधि र हाइब्रिड पावरट्रेनसहित आज लन्च हुँदै रेनो डस्टर

रेनो आफ्नो सबैभन्दा चर्चित एसयूभी डस्टरलाई भारतमा पुनः भित्र्याउने तयारीमा छ । यसपटक डस्टर एकदमै नयाँ डिजाइन, आधुनिक प्रविधि र हाइब्रिड पावरट्रेनसहित आज लन्च हुने निश्चित भएको छ।

नयाँ रेनो डस्टरको बाहिरी डिजाइन पहिलेको भन्दा निकै आधुनिक र आक्रामक देखिन्छ। यसमा स्लीक एलईडी हेडलाइट र आइब्रो आकारका डीआरएल दिइएको छ । पछाडिको डाेर ह्यान्डल सी पिलर नजिक राखिएको छ, जसले कुपे जस्तो प्रिमियम लुक प्रदान गर्छ। आकारको हिसाबले पनि यो पुरानो डस्टरभन्दा अलि लामो र चौडा हुने बताइएको छ ।

यसको इन्टेरियर ड्यासबोर्डमा १०.१ इन्चको ठूलो टचस्क्रिन दिइनेछ, जसले वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई सपोर्ट गर्नेछ। साथै, प्यानोरामिक सनरुफ र भेन्टिलेटेड सिटजस्ता सुविधा प्रदान गरिएको छ । रेनोले नयाँ डस्टरमा हाइब्रिड प्रविधिसहितको १.३ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन उपलब्ध गराउने तयारी गरेको छ। सो इन्जिनले राम्रो पावरसँगै उत्कृष्ट इन्धन दक्षता दिने अपेक्षा गरिएको छ।

यसमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम समावेश हुने बताइएको छ, जसले सम्भावित दुर्घटनाको चेतावनी दिनुका साथै आवश्यक परेमा अटोमेटिक ब्रेकसमेत लगाउन सक्छ। साथै, ३६० डिग्री क्यामेरा र ६ वटा एयरब्यागजस्ता सेफ्टी फिचर पनि हुनेछ । नयाँ मोडलमा एडब्ल्युडी र ४x४ विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।

नयाँ रेनो डस्टरको लन्च पछि यसले क्रेटा र सेल्टोसजस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

टाटा सिएरा, रेनो डस्टर र निसानको नयाँ एसयूभी चाँडै लन्च हुने तयारीमा

टाटा सिएरा, रेनो डस्टर र निसानको नयाँ एसयूभी चाँडै लन्च हुने तयारीमा

टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित सिएरालाई यसै वर्षको अन्त्यतिर...

निसान म्याग्नाइट र रेनो काइगर सहित ४ कारलाई ४–स्टार सेफ्टी रेटिङ

निसान म्याग्नाइट र रेनो काइगर सहित ४ कारलाई ४–स्टार सेफ्टी रेटिङ

ग्लोबल एनसीएपीले निसान म्याग्नाइट र रेनो काइगर कम्प्याक्ट एसयूभीको...

डासियामा आधारित रेनोको नयाँ डस्टर सार्बजनिक

डासियामा आधारित रेनोको नयाँ डस्टर सार्बजनिक

डासियामा आधारित रेनेको नयाँ जेनेरेशन डस्टर पहिलिोपटक अनलाइनलमा लिक भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...