नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
फ्रान्सेली कार निर्माता कम्पनी रेनोले चाँडै नै नयाँ पुस्ताको डस्टर एसयूभी भारतमा प्रस्तुत गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले डस्टरको नयाँ मोडलमा काम गरिरहेको र आगामी २ वर्षभित्र अन्तर्राष्ट्रिय बजारमा लन्च गर्ने अनुमान गरिएको छ ।
रेनोले हालै डस्टरको उत्पादन बन्द गरेको छ । रेनो डस्टर कम्पनीको सबैभन्दा सफल एसयूभी थियो । डस्टर लन्च गरेको १ वर्ष भित्र नै करिब ४० हजार युनिट बिक्री भएको थियो । हाल डस्टरको बिक्रीमा गिरावट आएपछि कम्पनीले डस्टरको उत्पादन बन्द गरेको छ ।
रिपोर्टका अनुसार नेक्स्ट जेनेरेशन रेनो डस्टर सीएमएफ–बी एलएस प्लेटफर्ममा तयार गरिनेछ । सो प्लेटफर्म फक्सवागनको एमक्युबी एओ आईएन प्लेटफर्मसँग मिल्दोजुल्दो छ जहाँ टाइगुन, भर्टस, स्लाभिया र कुशाक लगायतका मोडलहरू तयार गरिन्छ ।
सीएमएफ–बी एलएस प्लेटफर्म विशेषगरी भारत जस्ता विकासशील बजारहरूको लागि डिजाइन गरिएको हो । नयाँ डस्टरमा राम्रो इन्धन क्षमताका लागि हाइब्रिड पावरट्रेनको प्रयोग गर्ने अपेक्षा गरिएको छ । सो एसयूभीमा स्क्वायर फेन्डर्स, एलईडी हेडलाइट र एलईडी डीआरएल फिचर समावेश गर्ने अपेक्षा गरिएको छ ।
भारतमा डस्टर एसयूभी १.६ लिटर पेट्रोल इन्जिन र १.५ लिटर के९के डिजेल इन्जिनसहित दुई भेरिएन्टमा उपलब्ध गराइएको थियो । कम्पनीले सन् २०१६ मा अटोमेटिक गियरबक्स विकल्पको साथ भारतमा डस्टरको फेसलिफ्ट भर्सन लन्च गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...