टाटा कर्भ ईभीको के२के यात्रा सुरु, ३ हजार किमी पार गर्ने
काठमाडाैं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडीका इलेक्ट्रिक कारको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपालमा बीवाईडीका इलेक्ट्रिक गाडी उपलब्ध गराइरहेको साइमेक्स इंकले आज नयाँ परिमार्जित मूल्य सूची सार्वजनिक गरेको हो ।
नेपाली बजारमा उपलब्ध बीवाईडी ई६ को मूल्य ५० लाख, एम३ ७ सिटरको मूल्य ४६ लाख, एम३ ५ सिटरको मूल्य ४३ लाख र टी३ २ सिटरको मूल्य ३८ लाख रुपैयाँ तोकिएको छ ।
गत वर्ष बजेट सार्वजनिक हुनु पहिले नेपाली बजारमा बीवाईडी ई६ को मूल्य ६६ लाख र बीवाईडी एम३ ७ सिटरको मूल्य ४९ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी बीवाईडी टी३ २ सिटरको मूल्य ४७ लाख रुपैयाँ रहेको थियो ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले हाल चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमार्फत अन्तःशुल्क र भन्सार दरमा व्यापक वृद्धि गरे पश्चात कम्पनीले नयाँ मूल्य सूची नै सार्वजनिक गरेको थिएन । हाल अन्तःशुल्कमा पुरै छुट र भन्सार दरमा पनि व्यापक कटौती गरिए पश्चात बीवाईडीका इलेक्ट्रिक गाडीको मूल्य पनि पहिले भन्दा निकै नै घटेको हो ।
बीवाईडी ई६ अल–इलेक्ट्रिक कम्प्याक्ट क्रसओभर वा कम्प्याक्ट एमपीभी हो । एक पटक फुल चार्ज गर्दा यसलाई ४ सय किलोमिटर सम्म चलाउन सकिन्छ । यसमा ९० किलोवाट आवरको इलेक्ट्रिक मोटर रहेको छ । यसलाई ८० किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्रीसँग जोडिएको छ, जसका कारण सिंगल चार्जमा यसलाई ४ सय किलोमिटर सम्म गुडाउन सकिन्छ ।
बीवाईडी एम३ ७ सिटर भ्यान हो । बीवाईडीको विशेष गुणस्तरीय एनसीएम ब्याट्रीयुक्त सो गाडीले सिंगल चार्जमा ३१० किलोमिटर रेन्ज दिन सक्छ ।
टी३ चाहिं इलेक्ट्रिक भ्यान हो । सामान ओसारपसार गर्नका लागि यसको प्रयोग गर्न सकिन्छ ।
बीवाईडीका यी गाडीको मूल्य र थप विशेषता यो लिंकबाट थाहा पाउन सकिन्छ ।
काठमाडाैं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
चिनियाँ अटो निर्माता गिली अन्तर्गतको ईभी ब्रान्ड जिकरले अव हाईब्रिड...
चाइनिज अटोमोबाइल निर्माता कम्पनी होजोन अटोद्वारा उत्पादन गरिने नेटा एस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...