१०० किलोवाट बीवाईडी एट्टो ३ को मूल्य १ लाख मात्र बढ्यो, अन्य मोडलको समेत मूल्य सार्वजनिक

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ । यस अनुसार नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरिएको ५० किलोवाट आवर ब्याट्री क्षमताको मूल्य समेत सार्वजनिक भएको छ ।

कम्पनी स्रोतका अनुसार नेपाली बजारमा अब उपलब्ध हुने ५० किलोवाट आवर ब्याट्री क्षमताको एट्टो ३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

त्यसैगरी पहिले देखि नेपाली बजारमा उपलब्ध १०० किलोवाट मोटर क्षमताको एट्टो ३ को मूल्य ६५ लाख ९० हजार रुपैयाँ हुनेछ । यसको मूल्य पहिले ६४ लाख ९० हजार रुपैयाँ थियो ।

सरकारले १०० किलोवाट सम्म क्षमताको इलेक्ट्रिक गाडीमा कर बढाएको छ । सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत पु¥याउनुका साथै यो सेग्मेन्टमा १० प्रतिशत अन्तःशुल्क थपिएको छ। यसले गर्दा यो वर्षको लागि ५० देखि १०० किलोवाट सेग्मेन्टको गाडीमा कुल १५ प्रतिशत कर बढेको हो।

तर १०० किलोवाट क्षमताको भएर पनि बीवाईडी एट्टो ३ को मूल्य भने १ लाख रुपैयाँ मात्र बढेको छ । उत्पादक कम्पनीकै सहयोगमा कम मात्र मूल्य बढाइएको कम्पनी स्रोतको भनाइ छ ।

साइमेक्स इंकले १५० किलोवाटको एट्टो ३ को मूल्य पनि समायोजन गरेको छ । यसको मूल्य पहिले ८९ लाख ९० हजार रुपैयाँ भएकोमा अब ८१ लाख ९९ हजार रुपैयाँ मात्र हुनेछ ।

बजेटबाट १०० किलोवाटदेखि २०० किलोवाटसम्मको गाडीको भन्सार र अन्तःशुल्क १०/१० प्रतिशत घटाइएको छ। यो सेग्मेन्टमा भन्सार ३० प्रतिशत र अन्तःशुल्क ३० प्रतिशत लाग्दै आएको थियो। अब १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्ने छ । यसको प्रत्यक्ष फाइदा यो गाडीलाई हुने भएको हो ।

सम्बन्धित समाचारहरू

इरान युद्धको प्रभाव: एसिया र अफ्रिकामा विद्युतीय सवारीको तीव्र विस्तार

इरान युद्धको प्रभाव: एसिया र अफ्रिकामा विद्युतीय सवारीको तीव्र विस्तार

इरान युद्धपछि पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भएको उल्लेखनीय वृद्धिले...

विद्युतीय कारमा ब्याजदर कम र कर्जा रकम पनि बढी, यस्तो छ बैंकको नयाँ ब्याजदर

विद्युतीय कारमा ब्याजदर कम र कर्जा रकम पनि बढी, यस्तो छ बैंकको नयाँ ब्याजदर

विद्युतीय सवारी किन्नका लागि विभिन्न बैंकहरुले दिने अटो कर्जाको ब्याजदर...

२ वर्षमा १० लाख युनिट बीवाईडी सिगल बिक्री, नेपालमा प्रतीक्षा गरिँदै

२ वर्षमा १० लाख युनिट बीवाईडी सिगल बिक्री, नेपालमा प्रतीक्षा गरिँदै

बीवाईडीको सर्बाधिक सफल मोडल सिगल ईभी २ वर्षमै १० लाख युनिट बिक्री भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...