एमएडब्लु एक्सपान्जेले नेपाली बजारमा सार्वजनिक ग-यो नयाँ प्रिमियम सेडान स्कोडा स्लाभिया

काठमाडौं – नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले नयाँ प्रिमियम सेडान स्लाभिया सार्वजनिक गरेको छ । नयाँ स्कोडा स्लाभिया दुई ट्रान्समिसन अप्सन र तीन भेरिएन्टमा उपलब्ध हुनेछ ।

यसको डिफरेन्ट डिजाइन र प्रिमियम फिचरले दुई दशकदेखि नेपाललाई विश्वस्तरीय सेडान उपलब्ध गराउँदै आएको स्कोडाको विरासतलाई कायम गर्ने अपेक्षा कम्पनीको छ । ‘स्लाभिया भिडमा आफ्नो फरक छवि बनाउन चाहनेका लागि डिजाइन गरिएको प्रिमियम मिड साइज सेडान हो । स्कोडाको स्लिक डिजाइन रहेको स्लाभियामा आधुनिक र किफायती इन्जिन जडान गरिएको छ । साथै, मजबुत सुरक्षाका लागि परिचित स्कोडाले यसको सुरक्षामा कुनै कम्प्रोमाइज गरेको छैन ।’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

नयाँ स्कोडा स्लाभियामा १.० लिटरको थ्री सिलिन्डर ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक टर्बो पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । टीएसआई इन्जिनलाई मितव्ययी मानिन्छ जसले १९.४७ किलोमिटरको माइलेज दिन्छ । साथै यसले १०.७ सेकेन्डमा १०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ ।

स्लाभिया सेग्मेन्टकै सबैभन्दा ठूलो सेडान हो जसले पाँच वयस्क यात्रीलाई पर्याप्त हेड, सोल्जर र लेगरुम प्रत्याभुत गर्छ । साथै यसको ग्राउन्ड क्लेरेन्स १७९ एमएम रहेको छ जुन सेग्मेन्टमै सबैभन्दा बढी र नेपाली सडकको अवस्था सुहाउँदो छ ।

स्लाभियामा ६ एयर ब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम, मल्टि कोलिजन ब्रेक, पार्किङ सेन्सर, अटोमेटिक ब्रेक डिस्क क्लिनिङ फङसन, रियर भ्यु क्यामेरा, टायर प्रेसर मनिटरिङ, हिल होल्ड कन्ट्रोल, क्रुज कन्ट्रोल, अटो हेडल्याम्प र वाइपर जस्ता सुरक्षाका फिचर पनि उपलब्ध छन् ।

उत्कृष्ट सुरक्षाका कारण स्लाभियाले ग्लोबल एनसीएपी रेटिङमा ५ स्टार हासिल गरेको छ । ड्यास बोर्डको बीचमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्लेसहितको १० इन्चको एड्भान्स्ड टचस्क्रिन, ८ इन्चको डिजिटल ककपिट, रियर पेसेन्जर डुअल एसी भेन्ट, डुअल युएसबी पोर्ट पनि रहेको छ । यो प्रिमियम सेडान क्रिस्टल ब्लु, क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर र कार्बन स्टिल लगायतका आकर्षक कलरमा उपलब्ध छ ।

स्कोडा स्लाभिया १.० टीएसआई (एमटी) एक्टिभ, एम्बिसन र स्टाइलको मूल्य क्रमशः ४९ लाख ४० हजार, ५८ लाख ४० हजार र ६६ लाख ९० हजार रुपैयाँ छ । त्यसैगरी १.० टीएसआई (एटी) एम्बिसन र स्टाइलको मूल्य क्रमशः ६५ लाख ४० हजार र ७४ लाख ९० हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – स्कोडाको नयाँ एसयूभी कुशाक काठमाडौं आइपुगेको छ । नेपालका लागि...

सीतापाइलमा खुल्यो फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप

सीतापाइलमा खुल्यो फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप

काठमाडौं – नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु...

फोटोन मोटर्सले दसैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प संचालन गर्ने

फोटोन मोटर्सले दसैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प संचालन गर्ने

काठमाडौं – फोटोन मोटर्सले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...