नासा नेपालमा जिम्मेवारी हेरफेर, महासचिवमा सुशील तण्डुकार

काठमाडौं – नेपालमा मोटर/मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा बिगत एक दशक देखि क्रियाशील नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पदाधिकारीहरुको जिम्मेवारी फेरबदल भएको छ । गत हप्ता बसेको कार्यसमितिको बैठकले उपाध्यक्ष मेघराज पौड्याल र महासचिव आशिष गजुरेलले आफ्नो व्यक्तिगत कारण दिएको राजिनामा स्वीकृत गरि रिक्त उपाध्यक्ष र महासचिव पदमा क्रमशः अनिल कुमार बराल र सुशील तण्डुकारलाई मनोनयन गरेको छ । हाल यस संघको केन्द्रिय कार्यसमितिमा अध्यक्षमा दशरथ रिसाल, उपाध्यक्षमा सिताराम न्यौपाने र अनिल कुमार बराल, महासचिव(का.वा.)मा सुशील तण्डुकार, सचिवमा निरज खड्का क्षेत्री र सन्तोष प्रसाद न्यौपाने, कोषाध्यक्षमा धान्यमणि नेपाल, सह—कोषाध्यक्षमा प्रकाश कपुरी तथा सदस्यहरुमा क्रमशः नारायण कुमार भट्टराई, रामकुमार शाही ठकुरी, जिस्वाँ तुलाधर, सजल कार्की, सञ्जु बज्राचार्य, रमेश सिलवाल, दिप्रश शाक्य, बिनोद तण्डुकार र एक राखेप प्रतिनिधि रहेका छन् । यस अघि नै सचिवमा सन्तोष प्रसाद न्यौपाने, सह—कोषाध्यक्षमा प्रकाश कपुरी तथा सदस्यहरुमा सञ्जु बज्राचार्य, रमेश सिलवाल, दिप्रश शाक्य र बिनोद तण्डुकारलाई मनोनयन गरिएको थियो ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...