निसान टेक्टनको निर्यात सुरु, नेपाल, भुटान र दक्षिण अफ्रिका पठाइयो पहिलो ब्याच
काठमाडौं–निसानले भारतमा निर्मित आफ्नो नयाँ एसयूभी ‘टेक्टन’ को...
जापानी कार निर्माता कम्पनी निसानले नयाँ निसान किक्स सार्वजनिक गरेको छ । न्युयोर्क मोटर शो २०२४ पहिले नै सो एसयूभी सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएका तस्बिरहरु हेर्दा यसको डिजाइन हालको मोडलभन्दा ठूलो र मस्कुलर पनि देखिन्छ । नयाँ किक्स एसयूभी सिंगल प्लेटफर्ममा बजारमा उपलब्ध हुनेछ ।
नयाँ किक्सको डिजाइन मित्सुबिशी एक्सफोर्ससँग मिल्दोजुल्दो देखिन्छ। फ्रन्ट फेसिया र साइड प्रोफाइल पनि समान देखिन्छ। यसमा एक्सफोर्स इन्स्पायर्ड ग्लासहाउस, स्टाइलिश टेपरिङ रूफलाइन र डीआरएलका साथ फुल एलईडी हेडलाइट सेटअप छ।
यसमा १९ इन्चको अलॉय ह्विल देख्न सकिन्छ । तर, तस्विरमा यो म्याट ब्ल्याक चंकी ह्विल दिइएको देखिन्छ ।
नयाँ जेनेरेसन किक्समा कार कनेक्ट टेक्नोलोजीको साथ १२ं.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम दिइनेछ, यसको ड्यासबोर्डमा धेरै महत्वपूर्ण परिवर्तनहरू हुने अपेक्षा गरिएको छ। हालको मोडलको तुलनामा यसको इन्टेरियरलाई प्रिमियम लुक दिन हरसम्भव प्रयास गरिने उल्लेख छ ।
यसका साथै कारमा मल्टि फङ्सनल इन्फोटेनमेन्ट सिस्टम, टच सेन्सेटिभ कन्ट्रोल, वायरलेस चार्जिङ प्याड, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ४ युएसबी पोर्ट, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी उपलब्ध गराइनेछ ।
नयाँ किक्समा प्यानोरामिक सनरुफ र हेडरेस्ट माउन्टेड बोस स्पिकरहरू पनि उपलब्ध गराइनेछ।
नेपाली बजारमा पनि हाल निसान किक्स उपलब्ध छ । पायोनियर मोटोकर्पले निसान किक्स बिक्रीका लागि उपलब्ध गराएको छ । भविष्यमा नेपाली बजारमा पनि नयाँ निसान किक्स उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...