निसान टेक्टनको निर्यात सुरु, नेपाल, भुटान र दक्षिण अफ्रिका पठाइयो पहिलो ब्याच
काठमाडौं–निसानले भारतमा निर्मित आफ्नो नयाँ एसयूभी ‘टेक्टन’ को...
जापजिनट अटो निर्माता निशानले ६ वर्षपछि किक्सलाई नयाँ अवतारमा ल्याउन लागेको छ । सो नयाँ एसयूभीको हाल परिक्षण भइरहेको र उक्त परिक्षणका दौरान यसको तस्विर पहिलोटपक वाहिर आएको छ । नयाँ किक्सलाई निशाननले अर्को वर्ष लन्च गर्ने तयारी गरिरहेको छ ।
सो नयाँ एसयूभीको लुक्स एवं डिजाइन निशानको आरिया इभीबाट प्रेरिरत भएको देख्न सकिन्छ । यसको अगाडी फराकिलो ग्रील, स्लिक एलइडी हेडल्याम्प र ठूलो एयर इन्टेक दिइएको देख्न सकिन्छ । साथै यसको पछाडी स्प्वाइलर दिइएको छ भने रियर सेक्सनलाइ पुरै रिफ्रेस गरिएको छ ।
निशानले किक्सको नयाँ जेनेरेशनलाई रेनोसंग सहकार्य गरी तयार पारिएको प्लेटफर्म सीएमएफमा निर्माण गर्न लागेको हो । सो एसयूभी अल ह्विल ड्राइभ अप्सनमा समेत आउने अनुमान गरिएको छ । साथै यससाई हाइव्रिड पावरटे«नमा समेत उतार्न सक्ने आँकलन गरिएको छ ।
अन्तराष्र्टि«य बजारमा लन्च भएपछि सो नयाँ जेनेरेशनको उत्पादन भारतमा समेत हुने हुँदा नयाँ किक्स भविष्यमा नेपाली बजारमा समेत आउनसक्ने अनुमान गर्न सकिन्छ । हाल यसको उत्पादन भारतमा वन्द गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...