मस्कुलर र एन्डेभर लुकको फोर्ड इकोस्पोर्ट आउँदै : नो स्पेयर ह्विल, ठूलो बम्पर साइज

भारतमा फोर्ड इकोस्पोर्ट नयाँ अवतारमा यही महिना लन्च हुने सम्भावना छ । सो एसयूभी पहिलेको तुलनामा निकै मस्क्युलर रहेको छ । सो कारको पछाडिको लुक फोर्डको एन्डेभर जस्तो देखिन्छ । पहिले स्पेयर ह्विल पछाडि रहेकोमा अब त्यो हुने छैन ।

इकोस्पोर्टको सो नयाँ भेरिएन्टको नाम एसई राखिएको छ । कम्पनीले सो कारको मूल्यको बारेमा जानकारी दिएको छैन तर यसमा केही परिवर्तन भने गरिएको छ । सो इकोस्पोर्टको नयाँ एसई भेरिएन्ट टिजर सार्वजनिक गरेको छ ।

रिपोर्टका अनुसार फोर्ड इकोस्पोर्टको नयाँ भर्सनमा टेलगेटबाट स्पेयर ह्विल हटाइएको छ । यसको साथै नयाँ एसई भेरिएन्टको रियरमा कम्पनीले ठूलो बम्पर साइज पनि समावेश गरेको छ । फोर्डको ब्याजिङ पनि सेन्टरमा सारिएको छ । जबकि नम्बर प्लेट यसको तल नै समावेश गरिएको छ । सो एसयूभीको रुफ रेल कालो रङको स्थानमा सिल्भर रङमा रङ्ग्याएको छ ।

कम्पनीले सो एसयूभीको इन्जिनको बारेमा केही जानकारी दिएको छैन । अनुमानित रिपोर्ट अनसार कारको नयाँ इकोस्पोर्टमा २ इन्जिन पेट्रोल र डिजेलको विकल्प रहेको छ । सो भेरिएन्ट १.५ लिटर इन्जिनको साथमा उपलब्ध हुनेछ । डिजेल इन्जिनले १०० बीएचपीको पावर र २१५ एनएमको टर्क र पेट्रोलमा १२२ बीएचपीको पावर र १४९ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले सो कार मार्चमा भारतीय बजारमा लन्च गर्ने सम्भावना रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...