थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गसँगै बजार बन्ने

काठमाडौँ - काठमाडौँ उपत्यकाभित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजार निर्माण हुने भएको छ । बजार निर्माणका लागि जग्गा अधिग्रहण र डिजाइनसमेत तयार भइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानी प्राविधिकहरूले सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सुरुङमार्ग भएर यात्रागर्ने यात्रीको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने जानकारी दिएका छन् । उनका अनुसार सो ठाउँमा बजारविकासको काम सुरु भइसकेको छ । जापानलगायतका अन्य मुलुकमा समेत सुरुङमार्गमा प्रवेश गर्नुअघि यात्रुहरू ‘फ्रेस’ हुने, आरामगर्ने रआवश्यक सरसमान खरिद गर्ने तथा सवारी साधनको समेत सामान्य मर्मत सम्भार गर्न सुरुङमार्गको प्रवेशद्वारमा सर्भिस सेन्टर निर्माण गरिएको हुन्छ । सोही अवधारणाअन्तर्गत नागढुङ्गा सुरुङमार्ग पनि ‘सर्भिस सेन्टर’ निर्माण गर्न लागिएको हो । 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...