महिन्द्राले खोल्यो नयाँ ईभी प्लान्ट, ५०० बढी रोबोटले काम गर्ने
दुई नयाँ ईभीलाई हालै सार्बजनिक गरेर चर्चामा आएको महिन्द्राले आफ्नो पहिलो...
चर्चित बलिउड अभिनेता जोन अब्राहमले महिन्द्राको नयाँ थार रक्स ब्ल्याक एडिसन खरिद गरेका छन् । याे विशेष रूपमा महिन्द्रा एण्ड महिन्द्राका प्रमुख डिजाइनर प्रताप बोसद्वारा डिजाइन गरिएको हो र यसको एन्सटेरियर र इन्टेरियरमा जेए ब्याजिङ ठाउँ ठाउँमा देख्न सकिन्छ ।
नयाँ थार रक्स ब्ल्याक एडिसनमा पूर्ण रूपमा ब्ल्याक इन्टेरियर र एक्सटेरियर रहेको छ। यसमा ब्ल्याक अलोय ह्विल, ब्ल्याक बम्पर र ब्ल्याक रङको महिन्द्रा लोगो समावेश गरिएको छ । यो परिमार्जित संस्करण हो र नियमित थार रक्स भन्दा अलि फरक देखिन्छ। सबैभन्दा विशिष्ट विशेषता भनेको सी-पिलरमा 'जेए' सिग्नेचर हो ।
जोन अब्राहमले सामाजिक सञ्जालमा कालो रङका गाडीप्रतिको आफ्नो विशेष प्रेम व्यक्त गर्दै भने, "मेरो ग्यारेजमा रहेका सबै गाडी कालो रङका छन् । अब महिन्द्राको थार रक्स ब्ल्याक एडिसन पनि त्यसमा थपिएको छ ।"
गाडीको इन्टेरियरमा एसी भेन्टको तल एउटा प्लेटमा जोन अब्राहमको लागि बनाइएको भन्ने लेखिएको छ । यसले सो कार विशेष गरी जोनको लागि बनाइएको हो भन्ने देखाउँछ । जोन अब्राहमको थार रक्स टप मोडल एएक्स७ एल हो, जसमा सबै उन्नत फिचर समावेश छ । यसमा भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, ९ स्पिकर भएको हरमन कार्डन साउन्ड सिस्टम, प्यानोरामिक सनरुफ र वायरलेस चार्जर जस्ता फिचर छन् ।
सेफ्टीका लागि यसमा लेभल २ एडास अन्तर्गत ६ वटा एयरब्याग, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, एबीएस, अगाडि र पछाडि पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा सहित धेरै फिचर छ ।
थार रक्समा २.२ लिटर डिजेल इन्जिन छ, जसले १७५ पीएस पावर र ३७० एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प छ । डिजेल इन्जिनमा ४x४ ड्राइभ सिस्टमको सुविधा पनि छ, जुन अफ-रोडिङको लागि उपयुक्त छ ।
दुई नयाँ ईभीलाई हालै सार्बजनिक गरेर चर्चामा आएको महिन्द्राले आफ्नो पहिलो...
महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक बितरक अग्नी...
काठमाडौं– महिन्द्राले आफ्नो फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० मा एकैपटक २...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...