जोन अब्राहमको ग्यारेजमा थपियो नयाँ महिन्द्रा थार रक्स ब्ल्याक एडिसन

चर्चित बलिउड अभिनेता जोन अब्राहमले महिन्द्राको नयाँ थार रक्स ब्ल्याक एडिसन खरिद गरेका छन् । याे विशेष रूपमा महिन्द्रा एण्ड महिन्द्राका प्रमुख डिजाइनर प्रताप बोसद्वारा डिजाइन गरिएको हो र यसको एन्सटेरियर र इन्टेरियरमा जेए ब्याजिङ ठाउँ ठाउँमा देख्न सकिन्छ ।

नयाँ थार रक्स ब्ल्याक एडिसनमा पूर्ण रूपमा ब्ल्याक इन्टेरियर र एक्सटेरियर रहेको छ। यसमा ब्ल्याक अलोय ह्विल, ब्ल्याक बम्पर र ब्ल्याक रङको महिन्द्रा लोगो समावेश गरिएको छ । यो परिमार्जित संस्करण हो र नियमित थार रक्स भन्दा अलि फरक देखिन्छ। सबैभन्दा विशिष्ट विशेषता भनेको सी-पिलरमा 'जेए' सिग्नेचर हो ।

जोन अब्राहमले सामाजिक सञ्जालमा कालो रङका गाडीप्रतिको आफ्नो विशेष प्रेम व्यक्त गर्दै भने, "मेरो ग्यारेजमा रहेका सबै गाडी कालो रङका छन् । अब महिन्द्राको थार रक्स ब्ल्याक एडिसन पनि त्यसमा थपिएको छ ।"

गाडीको इन्टेरियरमा एसी भेन्टको तल एउटा प्लेटमा जोन अब्राहमको लागि बनाइएको भन्ने लेखिएको छ । यसले सो कार विशेष गरी जोनको लागि बनाइएको हो भन्ने देखाउँछ । जोन अब्राहमको थार रक्स टप मोडल एएक्स७ एल हो, जसमा सबै उन्नत फिचर समावेश छ । यसमा भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, ९ स्पिकर भएको हरमन कार्डन साउन्ड सिस्टम, प्यानोरामिक सनरुफ र वायरलेस चार्जर जस्ता फिचर छन् ।

सेफ्टीका लागि यसमा लेभल २ एडास अन्तर्गत ६ वटा एयरब्याग, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, एबीएस, अगाडि र पछाडि पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा सहित धेरै फिचर छ ।

थार रक्समा २.२ लिटर डिजेल इन्जिन छ, जसले १७५ पीएस पावर र ३७० एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प छ । डिजेल इन्जिनमा ४x४ ड्राइभ सिस्टमको सुविधा पनि छ, जुन अफ-रोडिङको लागि उपयुक्त छ ।

सम्बन्धित समाचारहरू

अग्नि ग्रुपले हेटौडामा खोल्यो नयाँ लजिस्टिक्स सेन्टर, नयाँ बोलेरो निओ र जिओ ईभी सार्बजनिक

अग्नि ग्रुपले हेटौडामा खोल्यो नयाँ लजिस्टिक्स सेन्टर, नयाँ बोलेरो निओ र जिओ ईभी सार्बजनिक

काठमाडौं– अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्रालिमार्फत हेटौँमा नयाँ...

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’...

महिन्द्राले एक्सईभी ७ई इलेक्ट्रिक एसयूभी २०२५ मा लन्च गर्ने, ५०० किमी रेन्जको अपेक्षा

महिन्द्राले एक्सईभी ७ई इलेक्ट्रिक एसयूभी २०२५ मा लन्च गर्ने, ५०० किमी रेन्जको अपेक्षा

महिन्द्राले एक्सईभी ७ई इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...