२ दशकदेखि एसयूभी पारखीको मन जित्दै स्कर्पियो, नयाँ लोगो र विशेषताले आकर्षित गर्ला ग्राहक

स्कर्पियो नेपाली बजारमा सर्वाधिक रुचाइएको एसयूभी हो । भारतीय अटो उत्पादक महिन्द्रा एण्ड महिन्द्राले सन् २००२ मा सार्वजनिक गरे लगत्तै नेपाल भित्रिएको यो एसयूभीले नेपालमा २ दशक यात्रा पार गरिसकेको छ । नेपाल र भारत दुवै बजारमा लोकप्रिय वनिरहेको यो एसयूभीले विभिन्न कालखण्डमा विभिन्न जेनेरेसन पार गर्दै हाल अल न्यु स्कर्पियो एनसम्म आइपुगेको छ ।

नेपाली बजारमा स्कर्पियोको यात्रा आजभन्दा २ दशक अघि अर्थात सन् २००२ देखि शुरु भएको थियो । तत्कालीन समयमा संयुक्त राष्ट्रसंघले प्रयोग गर्न थालेपछि यो एसयूभीमा नेपाली ग्राहकको समेत मन लोभिन थालेको थियो । हिँजो स्कर्पियो एनको अनावरण कार्यक्रमममा वोल्दै नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले २० वर्षअघिको क्षण सम्झदै भने, ‘नेपालमा हामीले पहिलोपटक स्कर्पियो लन्च गर्दा निकै आरोह अवरोह पार गर्नुप¥यो । त्यसो समय एसयूभी सेग्मेन्टका गाडीको बजार नेपालमा स्थापित बनिसकेको थिएन । जसका कारण हामीलाई यो एसयूभीको उपादेयितावारे वुझाउन निकै कठिन भयो । पछि युएनले प्रयोग गर्न थालेपछि सरकारी निकायमा पनि माग बढ्न थाल्यो । त्यसपछि भने नेपालको भूगोल सुहाउँदो विशेषताका कारण यो एसयूभीले कहिल्यै पछि फर्केर हेर्नु परेको छैन ।’

उक्त कार्यक्रममा वोल्दै महिन्द्रा एण्ड महिन्द्राका अटोमोटिभ डिभिजन अध्यक्ष विजय नाकराले नेपाल स्कर्पियोका लागि भारतपछिको दोस्रो ठूलो बजार रहेको बताए । उनले भने, ‘विश्वका ५० भन्दा वढी राष्ट्रमा निर्यात हुँदै आएको यो एसयूभीको खपत भारतपछि नेपालमा सर्बाधिक हुँदै आएको छ । यहाँका ग्राहकले यो गाडीलाई मन पराएर प्रयोग गरेका कारण हाम्रा लागि नेपाली बजार जहिल्यै पनि पहिलो प्राथमिकतामा रहँदै आएको छ । फलस्वरुप भारतमा लन्च गरिएकै दिन आज नेपालमा पनि यसको औपचारिक लन्च गरिएको हो ।’

शुरुवाती समयमा संयुक्त राष्ट्र संघ मातहतका कार्यलयबाट यात्रा तय गरेको यो एसयूभीलाई अहिले नेपाली एसयूभी पारखी, सरकारी कार्यलय र पर्यटन व्यवसायीले बढीमात्रामा प्रयोग गर्दै आइरहेका छन् । शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स, आरामदायी फिचर्स, इन्धन किफायती विशेषता र सर्वसुलभ स्पेयर पार्ट्स तथा सर्भिसिङको प्रबन्धका कारण स्कर्पियो विक्रीले हरेक वर्ष कीर्तिमानी रेकर्ड हासिल गर्दै आइरहेको छ । पछिल्ला वर्षहरुमा यसको बिक्री वर्षमा औसत १ हजार युनिटका दरले भैरहेको छ ।

कस्तो रहला नयाँ स्कर्पियो एनको बजार
महिन्द्रा एण्ड महिन्द्राको प्रोडक्ट पोर्टफोलियोमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको स्कर्पियोलाई कम्पनीले विभिन्न कालखण्डमा अपडेट गर्दै आइरहेको छ । सोही क्रममा हिजो लन्च गरिएको नयाँ स्कर्पियो एनमा कम्पनीले नयाँ लोगो सहित लुक्स तथा डिजाइन र फिचर्समा व्यापक परिवर्तन गरेको छ । जुन यो नयाँ स्कर्पियोलाई बाहिरवाट हेर्ने वित्तिकै महशुस गर्न सकिन्छ ।

डिजेल र पेट्रोल दुवै इन्जिन अप्सनमा उपलब्ध नयाँ स्कर्पियो अटोमेटिक र म्यानुअल अप्सनमा उपलव्ध छ । जसको अधिकतम पावर पेट्रोल इन्जिनको १४९.१४ किलोवाट (२०० पीएस) र टर्क ३८० एनएम रहेको छ भने डिजेल इन्जिनको १२८.६ किलोवाट (१७५ पीएस) पावर र ४०० एनएम टर्क रहेको छ । जुन नेपालको जुनसुकै भुभागमा गुडाउनका लागि उपयुक्त मानिन्छ ।

यो एसयूभीमा महिन्द्राले उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल र उन्नत इन्फोटेनमेन्ट प्रणाली उपलब्ध गराएको छ । जसले ‘प्रिमियमनेस’लाई अर्को स्तरमा लैजान मद्दत गरेको प्रष्ट फिल हुन्छ ।

यसका साथै यो नयाँ एसयूभीमा ६ वटा एयरब्याग, एबीएस र इबीडी सहित पछिल्लो प्रविधिमा आधारित सवै प्रकारका आधुनिक सेफ्टी फिचर्स र वलियो च्यासिस दिइएको छ । यी र यस्ता विशेषता कारण यो नयाँ एसयूभीले नेपालमा स्कर्पियोको वढ्दो बजारलाई अझै गति दिने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले  सार्वजनिक गर्‍यो  ४ नयाँ एसयूभीको कन्सेप्ट, नयाँ डिजाइन र प्रविधिले भरिपूर्ण

महिन्द्राले सार्वजनिक गर्‍यो ४ नयाँ एसयूभीको कन्सेप्ट, नयाँ डिजाइन र प्रविधिले भरिपूर्ण

महिन्द्राले ४ नयाँ एसयूभीको अवधारणा प्रस्तुत गरेको छ । कम्पनीले अगस्ट १५...

कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै

कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै

काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा...

के महिन्द्रा बीई६ एसयूभी टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?

के महिन्द्रा बीई६ एसयूभी टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?

महिन्द्राले भारतीय बजारमा बीई ६ई एसयूभी लन्च गरिसकेको छ । कम्पनीले सो कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...