१५ हजार बढेर नेपाल आउने भयो आरसी २०० को नयाँ मोडल, आइतबारदेखी शोरुममा उपलब्ध हुने
केटिएम आरसी २०० को २०२२ मोडल २ दिनपछि नेपाल आउने भएको छ । आइतबारदेखी...
वीरगन्ज – वीरगन्जको गण्डकचोकमा प्रतिष्ठित ब्रान्ड केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुमको उद्घाटन भएको छ । किस्तामा समेत मोटरसाइकल उपलब्ध गराउने इनाया ट्रेडिङले सोरुम संचालन गरेको हो । केटीएम र हस्कभर्ना मोटरसाइकलको उद्घाटन कार्यक्रममा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, वीरेन्द्र यादव, समाजसेवी सलाउद्दिन अहमद र अन्य प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा करिमा बेगमले वीरगन्जमै केटीएम मोटरसाइकल पाउने भए पछि यसका लागि युवा पुस्ता हेटौंडा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको बताइन् ।
यस सोरुममा हाल ४ थरी मोडलका मोटरसाइकल उपलब्ध छन् । सोरुमका प्रोप्राइटर सहिद प्रवेजले युवाहरुको सपना साकार भएको र किस्तामा समेत यी मोटरसाइकल उपलब्ध हुने बताए ।
नेपाली बजारमा हाल हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम मो्टरसाइकल बिक्री–वितरण गरिरहेको छ । यसैको डिलरको रुपमा वीरगन्जमा सोरुम संचालन भएको हो ।
नेपाली बजारमा ५ लाख ४४ हजार देखि २३ लाख ९९ हजार रुपैयाँ मूल्य सम्मका केटीएम मोटरसाइकल उपलब्ध छन् ।
नेपाली बजारमा हस्कभर्ना भिटपिलेन २५० र स्भार्टपिलेन २५० उपलब्ध छन् । यी दुवै बाइकको मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
केटिएम आरसी २०० को २०२२ मोडल २ दिनपछि नेपाल आउने भएको छ । आइतबारदेखी...
काठमाडौं – केही दिन पहिले मात्र बिक्री प्रारम्भ गरेको नयाँ थर्ड जेनेरेसन...
केटीएमले आफ्नो २५० ड्युक नयाँ टीएफटी डिस्प्लेको साथ प्रस्तुत गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...