४९० किलोमिटर रेन्ज दिने नयाँ कोना आउँदै, फिचर र व्याट्रीको साइज पनि वढ्ने

हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र फिचर थप गरेर सेकेन्ड जेनेरशन ल्याउने भएको छ । हाल विक्री हुँदै आएको कोना ३९.२ र ६४ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध रहँदै आएकोमा यसलाई बढाएर ४८.४ र ६५.४ किलोवाट आवर पुर्याउन लागिएको हो । व्याट्रीको साइज वढेसंगै यसले दिने रेन्जमा समेत बृद्धि हुनेछ । नयाँ कोनाले ४९० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।

नयाँ कोना पुरानो मोडलको तुलनामा केही ठूलो समेत हुनेछ । यसको लम्वाई पुरानो कोनाभन्दा १७५ एमएम, चौडाई २५ एमएम, उचाई २० एमएम र ह्विलवेश ६० एमएम वढी हुनेछ । साथै यसको डिजाइनमा समेत व्यापक परिमार्जन गरिने भएको छ । यसको क्याविन आयोनिक लाइनअप वाट प्रेरित भई निर्माण गरिनेछ ।

नयाँ कोनामा इन्स्ट्रयूमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टमका लागी १२.३ इन्चको दुईवटा डिस्प्ले रहनेछ । साथै यसमा १२ इन्चको हेडअप डिस्प्ले, कनेक्टेड कार टेक्नोलोजी, एम्विएन्ट लाइटिङ र सवउफर सहितको ८ स्पिक वोस साउन्ड सिस्टम पाउन सकिनेछ । यो इलेक्ट्रिक कारमा आयोनिक ५ मा जस्तै भेइकल टु लोड फिचर समेत उपलब्ध हुनेछ ।

सेफ्टि फिचर अन्तर्गत यसमा ३६० डिग्री क्यामेरा, ६ वटा एयरव्याग र एडिएएस टेक्नोलोजी लगायत अन्थ थुप्रै विशेषता पाउन सकिनेछ । यसमा जडान गरिएको व्याट्रीलाई फास्ट चार्जरको साहयतामा ४१ मिनेट भित्र १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

नेपाली इभी पारखीमाझ लोकप्रिय वनिरहेको कोना हाल ३९.२ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध छ । यो इलेक्ट्रिक कारले एकपटकको फुल चार्जमा ३२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । नेपाली बजारमा यसको मूल्य ६४ लाख ५६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । नयाँ कोना अर्को वर्ष नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

पहिलेकै मूल्यमा उपलब्ध भयो सेरेस ३ को अपग्रेडेड भर्सन

पहिलेकै मूल्यमा उपलब्ध भयो सेरेस ३ को अपग्रेडेड भर्सन

काठमाडौं – नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

रोचक : फोर्डका सीईओले दैनिक प्रयोग गर्छन् चाइनिज प्रतिस्पर्धी शाओमीको इलेक्ट्रिक कार

रोचक : फोर्डका सीईओले दैनिक प्रयोग गर्छन् चाइनिज प्रतिस्पर्धी शाओमीको इलेक्ट्रिक कार

अमेरिकी कार निर्माता कम्पनी फोर्डका मालिक कुन कार चढ्छन् होला ? पक्कै पनि...

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...