प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया
कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...
टाटा सिएराको पुनःआगमन पछि अब नयाँ कियाको सेल्टोस पनि पुनःआगमन हुने भएको छ । कम्पनीले यसपटक सेल्टोसलाई पहिलेभन्दा ठुलो, आकर्षक र प्रविधिले भरिपूर्ण बनाउँदै सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ। नयाँ किया सेल्टोसको बुकिङ डिसेम्बर ११ को मध्यरातदेखि खुल्नेछ भने यसको मूल्य जनवरी २, २०२६ मा सार्वजनिक गरिनेछ।
यसले बजारमा टाटा सिएरा र हुन्डाई क्रेटाजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । कियाले यसलाई एचटीई, एचटीके, एचटीएक्स र जीटीएक्स गरी चार ट्रिममा उपलब्ध गराएको छ। साथै सुविधा, प्रिमियम, एडास र एक्सलाइन डिजाइन थप्न चारवटा वैकल्पिक प्याक पनि प्रस्ताव गरिएको छ ।
नयाँ किया सेल्टोस आकारका हिसाबले पनि आफ्नो सेगमेन्टको सबैभन्दा लामो एसयूभी बनेको छ। यो ४४६० एमएम लम्बाइ र १८३० एमएम चौडाइसहित आएको छ । यसको ह्विलबेस २,६९० एमएमको छ । नयाँ सेल्टोसमा डिजिटल टाइगर फेस, हाई ग्लस ग्रिल, गनमेटल एक्सेन्ट तथा आइस–क्युब एलईडी प्रोजेक्शन हेडलाइट जस्ता आकर्षक एलिमेन्ट समावेश छ ।
१८ इन्चका स्पोर्टी क्रिस्टल कट अलोय ह्विल, इन्टिग्रेटेड रियर स्पोइल, स्टार म्याप एलईडी डीआरएल र कनेक्टेड टेल ल्याम्पले कारको बाहिरी लुकलाई प्रिमियम बनाएको छ । नयाँ सेल्टोस १० वटा मोनो–टोन रङमा उपलब्ध छ ।
नयाँ सेल्टोसमा ३० इन्चको ट्रिनिटी प्यानोरामिक डिस्प्ले प्यानल, ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ८ स्पिकर अडियो सिस्टम, १० वे पावर ड्राइभर सिट, लम्बर एडजस्टमेन्ट, भेन्टिलेटेड फ्रन्ट सिट, मेमोरी फङ्सन, इन्टिग्रेटेड ड्राइभर सिट जस्ता फिचर समावेश गरिएको छ । साथै लेभल २ एडास, २१ वटा अटोमेटिक सेफ्टी फिचर फ्रन्ट कोलिजन वार्निङ, फ्रन्ट कोलिजन अवोइडन्स असिस्ट, लेन किप असिस्ट, र स्टप–एण्ड–गो क्षमतासहितको स्मार्ट क्रुज कन्ट्रोल जस्ता सेफ्टी फिचर समावेश छ ।
नयाँ सेल्टोस स्मार्टस्ट्रीम जी१.५ पेट्रोल, स्मार्टस्ट्रीम जी१.५ टी जीडीआई पेट्रोल र १.५ लिटर सीआरडीआई भीजीटी डिजेल गरी तीन इन्जिन विकल्पहरूसहित आएको छ । ट्रान्समिसनमा ६ स्पिड म्यानुअल, ६आईएमटी, आईभीटी, ७ स्पिड डीसीटी र ६ स्पिड अटोमेटिक उपलब्ध छ ।
कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...
कियाले हालै लन्च गरेको नयाँ सब कम्प्याक्ट एसयुभी साइरोसले क्र्यास टेष्टमा...
दक्षिण कोरियाली कार निर्माता कम्पनी किया इन्डियाले आज भारतीय लाइनअपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...