नेपाली बजारमा सार्वजनिक भयो जिपको नयाँ कम्पास

काठमाडौं – नेपालका लागि जिप एसयूभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ ।

नयाँ कम्पासलाई नेपालका चर्चित मिडिया व्यक्तित्व भुषण दाहाल र स्टाइल आइकन प्रशान्त ताम्राकारले सार्वजनिक गरेका हुन् जसलाई जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा लाइभ ब्रोडकास्ट गरिएको थियो ।

नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचरको लामो सूची रहेको छ । नयाँ एसयूभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरिएन्टमा उपलब्ध छ जसको बारेमा विस्तृत जानकारी https://jeep.com.np/ मा राखिएको छ ।

नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ ।

फिचर लिस्ट
नयाँ कम्पासमा इन्टिग्रेटेड डीआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एअरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ अलोय ह्विल रहेका छन् । यसमा पहिले झैं जिपको आकर्षक सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क पनि रहेको छ ।

इन्टेरियरमा भने व्यापक परिवतन गरिएको छ । नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोल र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ । त्यसैगरी, यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट र नयाँ थ्री स्पोट स्टेयरिङ ह्विल रहेको छ ।

नयाँ कम्पासमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको युकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समेत रहको छ । नयाँ फिचरमा ड्युअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, भेन्टिलेसन फिचर सहितको ८ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ ।

ग्राहकले ट्रिम र भेरिएन्टअनुसार लेदर र फेब्रिक अपहोल्स्ट्रीमा ड्युअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउनेछन् ।

सुरक्षाका लागि नयाँ कम्पासमा फ्रिक्वेन्सी ड्याम्पिन सस्पेन्सन, ६ एयरब्याग, एन्टिरोल मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबीडीसहितको एबीएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्सर र आइसोफिक्स चाइल्ड सिट माउन्ट लगायत ५० भन्दा बढी सुरक्षाको व्यवस्था रहेको छ ।

नयाँ कम्पासको इन्जिन र पावरट्रेन
नयाँ कम्पास अघिल्लो मोडल झैं दुई वटा पावरट्रेनमा उपलब्ध छ । १.४ लिटरको मल्टिएयर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरी २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । फोर ह्विल ड्राइभ डिजेल भेरिएन्टमा उपलब्ध हुनेछ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार वटा मोड उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

फोटोन सोरुममा इन्स्ट्यान्ट एक्सचेन्ज क्याम्प आयोजना हुने

फोटोन सोरुममा इन्स्ट्यान्ट एक्सचेन्ज क्याम्प आयोजना हुने

काठमाडौं – फोटोन मोटर्सले आफ्नो सोरुम काठमाडौँ बालकुमारीमा फाल्गुन ८ गते...

स्कोडाले भारतमा शुरु गर्यो कोडियाक २०२२ को उत्पादन, अर्को महिना लन्च हुने

स्कोडाले भारतमा शुरु गर्यो कोडियाक २०२२ को उत्पादन, अर्को महिना लन्च हुने

स्कोडाले भारतमा कोडियाक २०२२ मोडलको उत्पादन शुरु गरेको छ । यो एसयुभीलाई...

४ दिनपछि कुसाकको नयाँ भेरियन्ट लन्च हुने, ब्ल्याक आउट लुक र एड्भान्स फिचर प्रमुख आकर्षण

४ दिनपछि कुसाकको नयाँ भेरियन्ट लन्च हुने, ब्ल्याक आउट लुक र एड्भान्स फिचर प्रमुख आकर्षण

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको मोन्टे कार्लो भेरिएन्ट यसै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...