स्मार्ट कारमा हुने एडास, कनेक्टेड कार टेक्नोलोजी र अटोमेटिक ड्राइभिङ के हो ? जान्नुहोस्
आजकल नयाँ कारमा ड्राइभिङको लागि सुरक्षित, सजिलो र आरामदायी बनाउन स्मार्ट...
काठडमाडौं– टु ह्विलर स्पेयर पार्ट्स एवं एसेसोरिजको कारोबारमा स्थापित कम्पनी श्री अम्बा ग्रुपले नयाँ हेल्मेट भित्र्याएको छ । कम्पनीले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी भारतको साई ग्रुपद्धारा उत्पादित हेड्ज ब्रान्डको एक्स्टर हेल्मेट लन्च गरेको हो । कम्पनीले यसअघि सोही ग्रुपद्धारा उत्पादित एएनजी, एरोस्टार र रिप्ले ब्रान्डका हेल्मेट आयत गरी बिक्रीवितरण गर्दै आएको थियो ।
कार्यक्रममा साई ग्रुपका प्रवन्ध निर्देशक संजिव कपुर र अन्य प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो । टु ह्विलर स्पेयर पार्ट्स उत्पादनमा भारतको लोकप्रिय कम्पनीका रुपमा साई ग्रुपले आफ्नो विशिष्ट पहिचान कायम गरेको कपुरले बताए ।

उनले भने, ‘नेपालमा श्री अम्बा ग्रुपसंग हामीले एक दशक भन्दा वढी समयदेखी सहकार्य गर्दै आएका छौ । हामीले उत्पादन गर्ने टु ह्विलर र थ्री ह्विलरको वडी पार्टर््स, हेल्मेट र अन्य स्पेयर पार्ट्सको बिक्रीमा यो ग्रुपले ठूलो योगदान पुर्याउँदौ आएको छ । भोलिका दिनमा हाम्रो सहकार्य अझै मझबुत वन्दै जाने विश्वास लिएका छौ ।’ यूरोपको प्रख्यात हेल्मेट उत्पादक एमटीसंगको सहकार्यमा उत्पादन भएको यो नयाँ हेल्मेट सुरक्षित र बलियो रहेको उनले जिकिर गरे ।
श्री अम्बा ग्रुपका प्रवन्ध निर्देशक अरुण अग्रवालले साई ग्रुपद्धारा उत्पादित हेल्मेट र स्पेयर पार्ट्स नेपाली बजारमा लोकप्रिय वनिरहेको बताए । ‘आज लन्च भएको नयाँ हेल्मेट बलियो र सुरक्षितको साथै आकर्षक ग्राफिक्स सहित आएका कारण यसले छिट्टै बजारमा राम्रो प्रभाव पार्नेमा हामी विश्वस्त छौ’ उनले भने ।
दुई दशकदेखी स्पेयर पार्ट्सको कारोबार गर्दै आएको यो ग्रुपले नेपाली बजारमा अन्य थुप्रै ब्रान्डका स्पेयर पार्ट्स समेत आयत गरी बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने सबै जसो ब्रान्ड ओईएममा सप्लाई हुने उच्च गुणस्तरयुक्त रहेको अग्रवालले जानकारी गराए । कार्यक्रममा देशभरबाट रिटेलर र मेकानिक्सहरु सहभागी भएका थिए ।

आजकल नयाँ कारमा ड्राइभिङको लागि सुरक्षित, सजिलो र आरामदायी बनाउन स्मार्ट...
काठमाडौं– ओसियामा अटो ट्रेडर्स प्रालिले नयाँ ब्रान्डको स्पेयर पार्ट्स...
काठमाडौं – नेपाल भारतको खुल्ला सीमा क्षेत्रको अवैध स्पेयर पार्ट्सको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...